धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले बसपार्कको बिषयलाई लिएर लेखिएको फेसबुक स्टाटस “बल होइन बुद्धि लगा चमारे बुद्धि” प्रति दलित आयोगको ध्यानाकर्षण भएको छ ।
आयोगका अध्यक्ष देवराज बिश्वकर्माद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति जारि गरिएको छ । बिज्ञप्तिमा “बल होइन बुद्धि लगा चमारे बुद्धि ” भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगको गम्भीर ध्यानाकर्षण भएको छ उल्लेख छ । जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा जमिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरित यस्ता साम्प्रदायिक र कुनै जातप्रति (चमारप्रति अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भएकोले धरानका नगरप्रमुखलाई उक्त अभिव्यक्ति सच्याई दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध गर्दछौं भनिएको छ ।
कामले बिश्वमा रहेका नेपालीको मन जिते पनि बोलाई र लेखाईले भने समर्थक गुमाउदै गएको छ । यस भन्दा अगाडि काठमाडौ पुगेर सामाजिक संजालमा लेखिएको पोस्टले काठमाडौ महानगरपालिकाका मेयर बालेन साहप्रति लेखिएको स्टाटसले पनि आलोचित भएका थिए । जसले गर्दा उनका समर्थक समेतले मेयर साङ्पाङप्रति असन्तुष्ट प्रकट गरेका थिए । क्रमिक रुपमा सुधार गरिदै आएका मेयर साङ्पाङले धरानमा निर्माणाधीन बसपार्कको बिषयलाई लिएर लेखिएको पोष्टले भने झनै विवादमा तानिए । उनि आफ्ना पोस्ट अभिव्यक्तिलाई सच्याउन नभै त्यसलाई थप पृष्ठपोषण गर्ने अर्को स्टाटस थप्दै गएको उनको फेसबुक स्टाटसले पुष्टि गर्छ ।
प्रेस विज्ञसी
२०७९ मंसिर २७ गते धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक वालमा कसैप्रति कटाक्ष गर्दै बल होइन बुद्धि लगा चमारे बुद्धि ।” भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा जमिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरित यस्ता साम्प्रदायिक र कुनै जातप्रति (चमारप्रति अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भएकोले धरानका नगरप्रमुखलाई उक्त अभिव्यक्ति सच्याई दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध गर्दछौं ।
Discussion about this post