रेशम चौधरीलाई बलिको बाख्रो बनाए – कानुनबिद युवराज संग्रौला

धरान । रेशम चौधरीलाई अध्यादेश मार्फत रिहाई गर्न सरकारले अध्यादेश ल्याएको खबर सनसनी फैलिएपछि रेशमको पक्ष र विपक्षमा सामाजिक संजाल रंगिएको छ ।

तर कानुनबिद युवराज संग्रौलाले भने रेशम चौधरीलाई बलिको बाख्रो बनाएको जनाएको छ । युवराज संग्रौलाले गत नोभेम्बर २४ तारीखमा आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै अनेक जाल प्रपन्छ गरेर बलिको बाख्रो बनाएको उल्लेख छ ।

वरिष्ठ अधिवक्ता समेत रहेका संग्रौलाले रेशममाथि लगाएको अभियोगको कागज हेरेको उल्लेख छ । ” मैले सबै कागज हेरे। उन्ले लेखेका सबै आत्म कथा हेरें । फिल्डमा भएका प्रहरी र कर्मचारी सङ्ग कुरा गरें । उन्का गुरु बुढा मानिस आएर मसंङ्ग रोए, अन्याय र परीपन्चको कथा सुनाएर । मैले रेशम चौधरी सङ्ग भेटेर दुई घण्टा इन्टेरोगेसनको शैलीमा कुरा गरें ।”

संग्रौलाले टिकापुरमा जघन्य अपराध गर्ने बाहिर रहेको उल्लेख छ । उनले लेखेका छन – ” हिजो उन्लाइ जेलमा कुहांउन र उन्को प्रतीभा मार्न घिनलाग्दा खेल रचीए ।” स्टाटसमा लेखेका छन – “टिकापुरमा हिसां मचाएर नेपालको सामाजी सद्भाव बिगार्ने एन्जीओ अझै प्रतीबेदन लेख्दैछन।”   संग्रौलाको पुरा स्टाटस :

अनेक जाल प्रपन्छ गरेर रेशम चौधरीलाई बलीको बाख्रो बनाए। मैले सबै कागज हेरे। उन्ले लेखेका सबै आत्म कथा हेरें । फिल्डमा भएका प्रहरी र कर्मचारी सङ्ग कुरा गरें । उन्का गुरु बुढा मानिस आएर मसंङ्ग रोए, अन्याय र परीपन्चको कथा सुनाएर । मैले रेशम चौधरी सङ्ग भेटेर दुई घण्टा इन्टेरोगेसनको शैलीमा कुरा गरें । उनी घटनाको दिन २० कि मी पर छन । उन्को होटेल फुटाइयो । रेडियो कार्यलय तोडियो ।

को थियो यो साजीसका पछाडि ? रेशमा बुवा र श्रीमतीले निर्वाचन जीतेका छन । मेरो बधाई छ। थारु नेपालका धर्तीपुत्र हुन। यहाँहरु दुइजनालाइ (१) थारु युवालाइ शिक्षाको अवसर (२) कृषिको उन्नतिका लागी आधुनिक फार्महरु बिकास गर्ने कुरामा सोंच केन्द्रीकृत गर्न अनुरोध गर्दछु ।

हिजो उन्लाइ जेलमा कुहांउन र उन्को प्रतीभा मार्न घिनलाग्दा खेल रचीए । टिकापुरमा जघन्य अपराध गर्ने बाहिर छन । टिकापुरमा हिसां मचाएर नेपालको सामाजी सद्भाव बिगार्ने एन्जीओ अझै प्रतीबेदन लेख्दैछन। थारु र पहाडबाट झरेका मानिसको द्वन्द उठाएर बालकको हत्या गर्ने र निहत्था प्रहरी मार्न सिमापारी बाट अपराधी ल्याउने खुल्लै छन ।

रेशमलाई सद्भाव र देशभक्तिका लागि समर्पित भएकोमा धन्यवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित