अप्पर अरुण मुअब्जा प्रति रोपनी एक हजार लिएको गुनासो, विषेश कार्यालय स्थापनाको लागि हो पालिका प्रमुख

संखुवासभा । शिङ्सा क्षेत्र भोटखोलामा बन्न लागेको अप्पर अरुण जलविद्युत परियोजनाबाट प्रभावित क्षेत्रमा मुअब्जा दिएपछि भोटखोला गाउँपालिकाले प्रति रोपनी एक हजार लिएकोमा स्थानीयले जनगुनासो गरेको छ ।

केहिदिन अगाडि नेपाल आदिवासी जनजाति महासंघ समेत रहेर एफ्पिक (पुर्व सुसूचित जानकारी संझौता )
गरेसंगै आयोजना कार्यान्वयनमा गएको हो । संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा नम्बर २,४,५ विशेष प्रभावित क्षेत्र हुन । त्यस क्षेत्रमा रहेको करिब २५ सय रोपनि जग्गा अधिग्रहण गरिएको छ । प्रति रोपनि ७ लाखसम्म मुअब्जा दिएपछि आयोजना संचालनमा आउने भएको छ । भोटखोला गाउँपालिकाले बैंक खाता खोल्नको लागि सेवा शुल्क वापत प्रति रोपनी एक हजार लगाएपछि स्थानीयले नियम बिपरित भएको जनगुनासो आएको छ । स्थानीय वाङ छिरिङले नियम कानुन बिपरित प्रति रोपनि हजार दिँदा साठि रोपनि भएकाले साठि हजार तिर्नुपर्ने भएको गुनासो गरे । भोटखोला २ का पासाङ नुप्पाले जनताले मुअब्जाको नाममा तिनपटकसम्म राजश्व तिर्नुपर्ने बाध्यता बनाएको बताए ।

यस बिषयमा भोट्खोला गाउँपालिका प्रमुख वाङछेदर लामासंग स्थानीयको गुनासो राख्दा प्रभावित वडाबासिको हितको लागि बिशेष वडा कार्यालय स्थापनाको लागि लिएको स्पष्ट पारे । गाउँबाट सदरमुकायमसम्म कागजको झन्झटिलो हटाउन त्यहि कार्यालय स्थापना गर्नुपर्ने भएकोले कार्यपालिका बैठकले नै निर्णय गरेर लिएको बताए । सो रकम सिधै गाउँपालिकाको राजश्वमा जम्मा हुने भन्दै अन्य कुनै कामको लागि खर्च नहुने कुरा पालिका प्रमुख वाङले बताए । उनले  स्थानियको हितकै लागि शुल्क लिएको बताए ।

अप्पर अरुण आयोजना स्थल

मुअब्जाको प्रक्रिया सकिएपछि अव आयोजना शुरु हुने कुरा पालिका प्रमुखले बताए । खाँदबारीमा नेपाल आदिवासी जनजाति महासंघले एफ्पिकको(पुर्व सुसूचित जानकारी संझौता ) प्रतिवेदन सार्वजनिक गरेको भन्दै त्यहाँको प्रभावित क्षेत्रका लागि ६० करोड दिने भएको बताए । गाउँपालिका अनुगमन रहनेगरि सो बजेट स्थानीयको भाषा,संस्कार,संस्कृति लगायतको शिर्षक खर्च गर्नुपर्ने प्रावधान रहेको बताए । सो बजेटले अन्य भौतिक पुर्वाधार गुम्बा बाहेकमा लगानी गर्न नपाईने भएको बताए । प्रभावित भनेर २२ वटा गाउँ पहिचान भएको भन्दै प्रत्येक गाउँबाट दुईजना रहेर वोर्किङ टिम गठन भएपछि त्यसले उक्त बजेट कार्यान्वयन गरिने बताए ।

पालिका प्रमुख वाङले आयोजना स्थलमा जम्मा ९ घर पुर्णरूपमा हट्ने बताए । आयोजनाको लागि बाटोमा पर्ने भएकोले सो घर हट्ने बताए । त्यसका लागि अनि घरघडेरि सबैको मुअब्जा उपलब्ध भएको बताए । पाखा जग्गाको प्रति रोपनी ७ लाख,अलैंची बारि प्रति रोपनी ९.५ लाख, घडेरि भैसकेको १५ लाख र हुनेवाला घडेरिको लागि १० लाख रुपैया मुअब्जा दिएको बताए । यो दर नेपालमा अन्य परियोजनाको तुलनामा सबैभन्दा बढि दिएको मुअब्जा भएको बताए ।

१०६१ मेघावाटको अप्पर अरुण आयोजनाले २ वटा पक्कि पुल र २.५ किलोमीटरको सुरुङ खनेर आयोजना बन्नेछ । परियोजना अन्तर्गत विश्व बैंक सांस्कृतिक विज्ञको रूपमा राजेन्द्र थापाले प्रतिवेदन तयार पारेका थिए ।त्यस क्षेत्रमा भोटे शिङ्साबा समुदायको बसोबास छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित