धरान । हिमालयन महायानि देछेन छोलिङ गुम्बाको पाँच करोडमा निर्मित आवासीय उद्घाटनसंगै दश करोड बज्रगुरु मन्त्र जप गरिने भएको छ ।
गुम्बाद्वारा शनिवार पत्रकार सम्मेलन गर्दै आगामि पौष १ गते भवनको उद्घाटन गरिने जानकारी दिए । पहिलो दिन भवनको उद्घाटन भारत मैसुर स्थित नाम्ड्रोलिङ गुम्बाका परम्पुज्य गुरु खेन्छेन छेवाङ ग्याम्छो रिम्पोछेबाट उद्घाटन हुने बताए । सात करोडको लागतमा अनुमानको आवासीय भवन माथिल्लो तला बाहेक करिब ७५ प्रतिशत सम्पन्न हुँदा पाँच करोड लागत भएको जानकारी पत्रकार सम्मेलन अध्यक्ष ङावालप्टु शेर्पाले दिए । भवन निर्माणका लागि हाल गुम्बामा रहेको २४५ जना सदस्यबाट दश हजारको दरमा आर्थिक संकलनसंगै स्वच्छिक आर्थिक अनुदान समेतबाट निर्माण गरिएको बताए । भवनका लागि अध्यक्ष ङावालप्टु स्वयंले १३ लाख ओरदान गरेको भन्दै धरान ९ निवासी दावा शेर्पाले पच्चीस लाख प्रदान गरेको बताए । यस भवनमा एक हजार जना अटिने क्षमताको छ भने भवनमा बातानुकुलित समेत जडान गरिएको छ ।
पौष २ गते भने दैनिक बज्रगुरु मन्त्र जपसंगै धार्मिक प्रवचन हुने बताए । धरान उपमहानगरपालिका वडा नम्बर १८ घोपा क्याम्प नजिक रहेको गुम्बामा दैनिक ७०० जनाको भक्तजनको उपस्तिथि रहने अपेक्षा आयोजकले गरिएको छ । मन्त्रजप अवधिभर करिब दुई करोड पचास लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
Discussion about this post