झापा – नेपाली संस्कृतिको संरक्षण तथा प्रबर्द्धनमा कलाकार ईशव उप्रेतीले अभियाननै संचालन गर्ने भएका छन् । पश्चिमा कलाको प्रबेश संगै नेपाली कलाकार तथा कलाकारीतामा आँच आउन थालेको भन्दै संरक्षणका लागि अभियान सञ्चालन गर्नुपरेको ईशवको भनाईछ।
नेपालमा आयातित संगीत र पाश्चात्य शैलिले गर्दा समाजमा रहेकोे पुर्ख्यौलि कला र शैली लोप हुन थालेकोमा धेरैको चिन्ता छ ।
सानैबाट झापाको गौरादहमा जन्मिएका उनी गाउँमै रहेर अध्ययन गरे । नेपाली समाज र गाउँमै रहेको संस्कृति अध्ययन गर्ने अवसर पाएका उनले यसरी संस्कृति संरक्षणको अभियानलाई निरन्तरता दिए ।
नेपाली कलाकर्मी तथा रंगकर्मीहरूले जिवनशैली कठिन तरिकाले जिउन परेको अबस्थामा उनको यो अभियानले समाजमा लुकेका अधिकांश कलकारहरूले काम पाउन थालेको छन् । उनले गाउँ शहरमा संस्कृति संरक्षणको अभियान अन्तर्गत मेला महोत्सव समेत गर्न थालेका छन् ।
Discussion about this post