रामेछाप । शिक्षाको मुल जरो बालबालिका भएकाले बाल विकासमा लगानी गरी बालबालिकाको सर्वाङ्गीन विकास सहित गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्य अनुरुपमा रामेछापको उमाकुण्डमा प्रारम्भिक बाल विकास केन्द्रको सहयोगी कार्यकर्ता शिक्षक तथा कर्मचारीहरूको क्षमता विकास तालिम कार्यक्रम सुरु भएको छ ।
उज्यालो नेपालकाे सहकार्यमा उमाकुण्ड गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजना र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्रविधिक सहयोगमा पौष २८ देखि माघ ०४ गतेसम्म एक हप्ते तालिम आयोजना गरिएको छ ।
स्वास्थ मापदण्ड सहित उमाकुण्ड गाउँपालिका भित्रका ४४ वटा विद्यालयका सम्पूर्ण बाल विकास सहजकर्ता शिक्षक तथा कर्मचारीहरू उपस्थित रहेका उक्त कार्यक्रममा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका प्रशिक्षक झलक कुमारी कार्की र राधा मल्लद्वारा आजको तालिममा सहजीकरण गरिएकी थिइन ।
कार्यक्रमको उद्घाटनमा उमाकुण्ड गाउँपालिकाको शिक्षा शाखा अधिकृत विनिता महत, सूचना तथा प्रविधिक शाखा अधिकृत रमेशकुमार खत्री, उज्यालो नेपालको परियोजना संयोजक सुनिता योञ्जन, उज्यालो नेपालको अध्यक्ष प्रभाकार महर्जन, उज्यालो नेपालकाे सचिव आङ दोर्जी शेर्पा, उमाकुण्डका कर्मचारीहरू सल्लाहकार जीत नारायण श्रेष्ठ, अन्तरिक लेखापरीक्षक दामोदर, प्रा.स. ङावा शेर्पा लगायत उपस्थिति रहेको थियो ।
Discussion about this post