साना किसान सम्मेलन: ‘उर्वर भूमि र समथर पाटो, जोगाउनु पर्छ तराईको माटो’

काठमाडौँ । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम स्थित आयोजित साना किसान सम्मेलन २०७८ को उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दिगो विकासका लक्ष्य हासिल गर्न साना किसानले महत्त्वपूर्ण योगदान दिएको उनले बताएका छन् । यो किसानहरूको सम्मेलनबाट प्राप्त हुने सुझाव तथा पृष्ठपोषणले कृषि क्षेत्रको रूपान्तरण र उद्यमशीलता विकास हुनेमा हामी आशावादी छौँ,’ मन्त्री यादवले भने । ‘उर्वर भूमि र समथर पाटो, जोगाउनु पर्छ तराईको माटो’ भन्ने मूल नारा रहेको सो सम्मेलनको प्रमुख अतिथि समेत रहेका संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले बिहीबार सम्मेलनको उद्घाटन गरेका हुन् । एक्सन एड नेपाल, वर्ल्ड भिजन, यूकेएड, फिअन, केयर र युरोपियन युनियन लगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहकार्यमा उक्त सम्मेलन सुरु भएको हो । साना किसानहरूमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रूपान्तरण गर्ने अभियानमा साना किसानहरूलाई परिचालन गर्न सघाउ पुग्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको आयोजक समितिले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित