ठिन्केपु आधारभूत विद्यालयको चार कोठे भवन हस्तान्तरण तथा उद्घाटन

रामेछाप । उत्तरी रामेछापको उमाकुण्ड गाउँपालिका–७, पिपलडाँडामा रहेको ठिन्केपु आधारभूत विद्यालयको नवनिर्मित चार कोठे भवन उद्घाटन तथा समुदायलाई हस्तान्तरण गरिएको छ ।

विद्यालयमा गरिएको एक समारोह कार्यक्रमको बीचमा बिहीबार नवनिर्मित विद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गरी हस्तान्तरण गरिएको हो ।

उक्त भवन नर्वेली सरकारकाे आर्थिक तथा प्राविधिक सहयाेगमा UNOPS संस्थाकाे सहकार्यमा खानी निर्माण सेवाबाट कुल २ करोड १३ लाख ५५ हजार २ सय १४ रुपैयाँको लागतमा शौचालय, घेराबार, साेलार तथा भलिबल खेलमैदान सहितको विद्यालयको भवन निर्माण गरिएको छ ।

नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम विव्यस अध्यक्ष मणि कुमार सुनुवारकाे सभाध्याक्ष तथा उमाकुण्ड गाउँपालिकाकाे अध्यक्ष शेर बहादुर सुनुवारको प्रमुख अतिथित्यामा भव्य संस्कृतिक कार्यक्रमका बीच सम्पन्न भएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा उमाकुण्ड गाउँपालिकाकाे उपाध्यक्ष उर्मिला कार्की बस्नेत, वडा अध्यक्ष रूद्रमणि नेवार, UNOPS संस्थाकाे व्यवस्थापक कैलाश खड्का, शिक्षा अधिकृत बिनिता महत लगायतका वडा सदस्यहरू, DLIPU शिक्षाकाे प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक ,शिक्षक प्रतिनिधि , शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक तथा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी भाईबाहिनीहरूकाे उपस्थिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित