काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार पाँच सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको छ । पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । चैत्र १५ परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको आयाेगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताउनुभयाे ।
आयोगका अनुसार १७ हजार ४७ पदमा पदपूर्तिका लागि सिफारिस गर्नुपर्ने छ । आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाका अनुसार प्राथमिक तहमा १२ हजार ९१२ पदमा र निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद शिक्षक छनोट गर्नुपर्ने छ ।
Discussion about this post