उमाकुण्ड ७ भुजीमा वडा इकाई तरुण दल गठन

२२ कार्तिक । राष्ट्रियता, लोकतन्त्र, समाजवाद तरुण एकता आजको आवश्यकता भन्ने नारा सहित नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाले उमाकुण्ड-७, भुजीमा विकास मुलीच सुनुवारको अध्यक्षतामा २७ सदस्यीय वडा इकाई कार्यसमिति गठन गरिएको छ।

नेपाली कंग्रेस जिल्ला सदस्य झपटराज भण्डारीको प्रमुख अतिथ्यामा भएको उक्त कार्यक्रममा उमाकुण्ड गाउँपालिकाको नेपाली कंग्रेस पालिका सचिव आङ नुरी शेर्पा र तरुण दलको पालिका अध्यक्ष शम्सेर कार्की लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको उमाकुण्ड गाउँपालिकाको तरुण दलको उपाध्यक्ष ङापेम्बा शेर्पाले नुम्बुर खबरलाई बताउनुभयो ।

नेपाली कंग्रेसले पार्टीलाई सुदृढ गर्दै आगामी दिनमा पार्टीलाई बलियो बनाउन संगठित रूपमा लागिरहेको भन्दै उमाकुण्ड तरुण दलको उपाध्यक्ष शेर्पाले नया कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित