महिला दिदि बहिनि हरुको महान पर्ब हरितालिका तीज को अवसर पारेर लोक तथा दोहोरि गायक खेम राज पौडेल को नया तीज गीत बजार मा आएको छ। बिगत केहि वर्ष देखि प्रदेस मा बस्दै आएका गायक खेम राजले आफ्नो सांगीतिक यात्रा प्रबास बाटै सुरु गरेका हुन। गायन यात्रा मा जति लगाब र समय को खाचो पर्छ तेस्को चाजो पाजो मिलाउन मुस्किल पर्ने गरेता पनि यस क्षेत्र मा उनको निरन्तरता ले अर्को कोसेली को जन्म गरिदिएको हो।
हरितालिका तीज २०७७ को सुभकमाना दिदै बिश्व महामारीमा पनि बचेर मनोरंजन लिन सबै नेपालि लाइ आग्रह गर्दै आफ्नो गीत ढुङे छपनि लाइ पनि माया गरिदिनुहुन अनुरोध गर्दछु उनि भन्छन।
लगभग एक दर्जन जति गीत हरुमा आफ्नो आवाज दिएका उनि यस बर्षको तीज गीत बाट धेरै भन्दा धेरै दर्सक स्रोता माझ चिनेने वर्ष बन्ने मा ढुक्क छन्। हालसालै बजार मा आएको ढुंगे नगे छपनि बोल को गीत मा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द कर्णप्रिय आवज का धनि गायक सुर्य खड्का को लय संगीत मा खेम राज पौडेल र सिवा केसी को आवज रहेको छ।
दुर्गा पौडेल को छायाँकन पपुलर निर्देशक एवम डान्सर शंकर बिसी को निर्देशनमा रबिना भण्डारी र संकर बिसी को अभिनय देख्न सकिन्छ।
यस ढुंङ्गगे छपनि गीत का हरेक शब्द मा हाम्रा ठेट नेपालि शब्द लाइ जस्ताको तेस्तै प्रयोग गरिएकोले सहजै बुझ्न सकिञ्। जापान को पेन्टा स्टुडियो मा रेकोर्ड गरिएको उक्त गीत मा खड्ग बाजुराली को संगीत समायोजनरहेको छ। लोकप्रिय सर्जक केशव पौडेल को नाम मा रहेको youtube channel बाट बजार मा आएको उक्त गीत ले कति दर्शक स्रोताको मन जित्ने हो त्यो हेर्न भने केहि महिना कुर्ने पर्ने छ।
Discussion about this post