धरानमा विमल गुरुङको ५४औं जन्मजयन्ती तथा ५४औं राष्ट्रिय कविता महोत्सव सम्पन्न

धरान । स्व. विमल गुरुङको ५४औं जन्मजयन्तीको अवसरमा आयोजित ५४औं राष्ट्रिय कविता महोत्सव–२०८२ तथा विमल गुरुङ कृति पुरस्कार–२०८१ समर्पण कार्यक्रम धरान–१८ स्थित विमल गुरुङ स्मृति पुस्तकालय हलमा भव्यताका साथ सम्पन्न भएको छ।

महोत्सवमा इलामका आख्यानकार बसन्त बस्नेतलाई उहाँको चर्चित उपन्यास ‘सम सारा’ का लागि विमल गुरुङ कृति पुरस्कार–२०८१ प्रदान गरिएको थियो। रु. २ लाखको पुरस्कार राशि पुस्तकालयका अध्यक्ष तथा विमलका पिता पूर्णबहादुर गुरुङले हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख अतिथि लालीगुराँस नगरपालिकाका मेयर मुन्धुम्बिद अर्जुनबाबु माबुहाङले दोसल्ला ओढाई सम्मान गर्नुभयो।

राष्ट्रिय कविता महोत्सवमा देशभरबाट चयन गरिएका १० उत्कृष्ट कवितामध्ये ७ कविताको प्रत्यक्ष वाचन गरिएको थियो। तिनमध्ये इलामका कवि रीचन मायालुको “छातीभित्र पृथ्वी” प्रथम, धरानका कवि दिनेश निमजाई राईको “फर्किन्छु अब देश” द्वितीय, र बराहक्षेत्रकी कवि दीपा मग्रातीको “संग्रहालयमा थन्किएको खाप्सियो” तृतीय घोषित भएका थिए।

विजयी कविहरूलाई क्रमशः रु. २१,०००, रु. १९,००० र रु. १७,००० सहित प्रमाणपत्र र पदक प्रदान गरिएको थियो।

सो अवसरमा कवि चन्द्र गुरुङद्वारा सम्पादित “कवि विमल गुरुङ” (संस्मरण संकलन) र “आत्म घोषणा” नामक संयुक्त पुस्तक लोकार्पण समेत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मेयर माबुहाङ, पुरस्कृत लेखक बसन्त बस्नेत, कवि तथा वरिष्ठ नाट्यकर्मी गोपाल देवान, वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बा, युवाकवि अमित थेबेलगायतका वक्ताहरूले स्व. विमल गुरुङको योगदान र कविताको समकालीन मूल्यबारे मन्तव्य व्यक्त गर्नुभएको थियो। तस्बिर : गोपाल देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित