काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले जेन–जी पुस्ताका युवायुवतीलाई आगामी आम चुनावका लागि मतदाता नामावलीमा अनिवार्य रूपमा नाम दर्ता गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै भनेका छन्, “आहा! आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो।”
पुनले १८ वर्ष पुगेका सबै युवाहरुलाई “अल्छी नगरिकन” फागुन २१ गते हुने आम चुनावमा सहभागिता जनाउन अनुरोध गरेका छन्। उनले भनेका छन्, “अब आउने सरकार जेन–जी पुस्ताको बन्नु पर्छ। भगवान कसम, बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य साबित भइसकेको छ।”
उनको यो अभिव्यक्ति पछिल्लो समय जेन–जी पुस्ताको राजनीतिक सक्रियता र सहभागिताबारे भइरहेका बहससँग जोडिएको देखिएको छ। पुनको आह्वानले युवाहरूमा मतदाता सूची अद्यावधिकमा सहभागी हुन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।




















Discussion about this post