जेन्जी आन्दोलनले ओलि सरकार सत्ताच्युतपछि कार्की नेतृत्वको अन्तरिम सरकार विस्तार

काठमाडौं, कात्तिक ९ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शुसिला कार्कीको सिफारिसमा अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। नयाँ मन्त्रिपरिषद्मा १० जना मन्त्री समावेश गरिएका छन्।

आइतबार राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री कार्कीले संविधानको धारा ७६(९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन्। प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन, नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयहरूको जिम्मेवारी आफैंले सम्हाल्ने भएकी छन्।

नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन यसप्रकार छः क्रम मन्त्रीको नाम मन्त्रालय/जिम्मेवारी १ रामेश्वर प्रसाद खनाल अर्थ, सहरी विकास तथा सामान्य प्रशासन २ कूलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात ३ ओमप्रकाश अर्याल गृह ४ अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ५ महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि ६ मदनप्रसाद अर्याल कृषि तथा पशुपन्छी विकास ७ जनदीप खरेल सञ्चार तथा सूचना प्रविधि ८ सुशा गौतम स्वास्थ्य तथा जनसंख्या ९ बब्लु गुप्ता युवा तथा खेलकुद राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री शुसिला कार्कीको सिफारिसमा मन्त्रिपरिषद् गठन तथा कार्यविभाजन गरी मन्त्रालयहरूलाई जिम्मेवारी तोकिएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित