धरान । स्वतन्त्र दिदिबहिनी समूह धरानले आइतबार आयोजना गरेको बृहत् बैठक सम्पन्न भएको छ। बैठकमा समाजसेवामा सक्रिय दिदिबहिनीहरूको उल्लेखनीय भूमिका तथा आगामी योजनाबारे छलफल गरिएको थियो।
बैठकले जेष्ठ नागरिक पार्क निर्माण गर्ने निर्णय गर्दै त्यसको लागि एक कार्यान्वयन समिति गठन गरेको छ। समितिको संयोजकमा श्रीमती विष्णु याक्खालाई चयन गरिएको छ । समितिमा गायत्री लिम्बू उपाध्यक्ष, रिता राई सचिव, तारा राई सहसचिव र चन्द्रकला याख्खा कोषाध्यक्ष छन्। सो समितिमा ५ जना सदस्य रहने निर्णय भएको छ।
बैठकमा उपस्थित सदस्यहरूले जेष्ठ नागरिकहरूको सहजता, स्वास्थ्य र मनोरञ्जनलाई लक्षित गर्दै पार्क निर्माण अत्यावश्यक भएकोमा जोड दिएका थिए।
बैठकमा करिब ८० जना सदस्यहरूको सहभागिता रहेको थियो। तस्बिर नुमाफुङ खबर 




















Discussion about this post