धरान । हर्क साम्पाङ मेयर निर्वाचित भएपछि निरन्तर श्रमदानका काम भैरहेका छन । खानेपानीको लागि श्रमदान शुरु गरेको साम्पाङले वृक्षारोपण हुँदै तटबन्ध नियन्त्रण सरसफाइ,लागू औषध नियन्त्रण रोकथाम ड्रेन निर्माण हुँदै अब कृषिको लागि सिँचाइ भत्किएको मर्मत गर्न शनिवार श्रमदान गरिएको छ ।
मोरङ जिल्लाको सिमानामा रहेको सिँचाई कुलो बाढिले भत्काएपछी यस वर्ष भने जतिको धान रोप्न पाएन तर चाहिएको बेला पानी नहुने नचाहिएको समय पानी आएको स्थानीयले बताए ।
यस अघि नै यो सिचाइको कुलो मर्मत गर्नुपर्ने तर आगामी वर्षको लागि पनि काम लाग्ने स्थानीयले बताए । शनिवारको श्रमदानमा धरानका मात्र नभै बिराटनगर इलाम चितवन समेतबाट श्रमदाता आएका थिए
शुक्रबार नै चितवनबाट गैती बेल्चा ल्याएर आएका युवाहरू पनि पानबारिको कुलोमा ढुंगा बोक्न गएका थिए ।
शनिवारको श्रमदानमा धरान १९ दिपेन्द्र चोकका १०२ वर्ष पुगेका नरबहादुर थक्लुङको जन्मदिनको अवसरमा छोरा डम्बर थक्लुङबाट श्रमदाताको लागि भनेर नगद एक लाख एक हजार रुपैया उपलब्ध गरिएको कुरा श्रमदान खाना संयोजकले जानकारी दिए । त्यसैगरी धरान १२ घर भै हाल भारत पुणे बस्दै आएका सुरेन्द्र चाम्लिङ र पवित्र चाम्लिङको तर्फबाट ३३ किलो सुँगुरको मासु श्रमदाताको लागि उपलब्ध भएको जानकारी दिए ।
त्यहिका स्थानीय हांगम चेलिहरुले श्रमदाताको लागि छ कार्टुन चाउचाउ सहित पानी उपलब्ध गरिएका थिए ।




















Discussion about this post