झापा । झापा जिल्लामा डा. महावीर पुनले ७३ लाख रुपैयाको आफ्नै आत्मकथा पुस्तक बिक्री गरिएको छ । डा. पुनले साउन २८ गते पुस्तक बिक्रि गरि बैकमा जम्मा गरेको विवरण दिदै जानकारी दिएको हो । उनले बैकमा ६६ लाख नगद र ७ लाख रुपैयाको चेक जम्मा गरेको जनाएको छ ।
उनले सामाजिक संजालमा पोस्ट गरिएको छ -“लौ हेर्नुहोस् झापामा केहि समय किताब बेचेको ६६ लाख नगदको भौचर र ७ लाख रुपैयाँको चेक जम्मा गरेको भौचरहरु । यो भन्दा अगाडी पनि पैसा जम्मा गरेको छ। अधिकांश झापालीहरु निकै सोझा र कुरा बुझ्ने खालका रहेछन भन्ने ठोस प्रमाण कोहि कोहि गफाडी र फटाहाहरु ता हरेक जिल्लामा हुन्छन् नि ।”
महावीर पुनले यस अघि आर्थिक वर्षको अन्तिम दिन अर्थात २०८२ साल असार ३२ गते अन्य स्थानमा बिक्रि गरेको पुस्तकको आम्दानी ४३ लाख ५० हजार रुपैया जम्मा गरेको जनाएको छ । डा. पुनले आर्थिक बर्षको अन्तिम दिन भएकोले झापाको कमल गाउँपालिकादेखि शिवसताक्षी नगरपालिकासम्म किताब बेचिएको ४३ लाख ५० हजार रुपैयाँ नगद र केहि चेकहरु जम्मा गरिएको जनाएको छ । उनी भन्छ्न -“साला जीन्दगीमा पैसा कमाउन ता बडो रमाईलो पो हुँदो रहेछ हाउ। नेपाल सरकार, नेपालका सक्कली बैज्ञानिकहरु र सक्कली इञ्जीनियरहरु ले म जस्तो मुर्ख मनुवालाई नक्कली बैज्ञानिक र कबाडी ईञ्जीनियर बन्ने मौका दिएकोमा धेरै धन्यवाद छ।”

























Discussion about this post