धरान । प्रदेश १ सरकारले गत आर्थिक वर्षमा धरानको खानेपानी सुधारका लागि विनियोजन गरेको बजेटबाट निर्माण गरिएको धरान खानेपानी योजनाको डीप बोरिङ्ग निरीक्षण गरिएको छ।
सेउती खोलाको पुल नजिक जमिनमुनिबाट पानी निकाल्ने उक्त योजना निरीक्षणका लागि प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, उपप्रमुख आइन्द्रबिक्रम बेघा, प्रदेश सरकारका सचिव प्रदीप बान्तवा, धरान उपमहानगर प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौंलागाई, खानेपानी बोर्डका निर्देशक राजु पोखरेल, इन्जिनियर सुरज श्रेष्ठ लगायत सम्बन्धित कर्मचारीहरूको टोली पुगेको थियो।
प्रदेश सभा सदस्य रमेश बस्नेतका अनुसार, प्रदेश सरकारले धरानको खानेपानी व्यवस्थापनका लागि चार करोड रुपैयाँ विनियोजन गरी जमिनमुनिबाट पानी तानेर परीक्षण गरिसकेको छ। यो योजना धरानका जनतालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यसहित अगाडि बढाइएको छ।
धरानका जनप्रतिनिधि र सम्बन्धित पक्षहरूले यो परियोजनाले शहरको पानी समस्या समाधानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।





















Discussion about this post