जसपा नेता अशोक यादवमाथि प्रहरीद्वारा दुर्व्यवहार, पार्टीको कडा विरोध

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवमाथि प्रहरीले दुर्व्यवहार र ज्यादती गरेको आरोप लागेको छ। घटनाप्रति पार्टीले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

पार्टीद्वारा जारी विज्ञप्तिअनुसार २०८२ असार १९ गते बिहीबारको मध्यरातमा सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुखको नेतृत्वमा प्रदेश अध्यक्ष यादवको घरमा प्रवेश गरी उहाँ र उहाँका परिवारजनलाई आतंकित पार्ने कार्य गरिएको थियो।

उक्त घटनामा अध्यक्ष यादवका जेठा छोरा, इन्जिनियर हिर्देश यादवमाथि कुटपिट गरिएको र उनी गम्भीर घाइते भएर हाल अस्पतालमा उपचाररत रहेको जनाइएको छ। पार्टीले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रहरीबाट जनप्रतिनिधिमाथि गरिएको अमानवीय व्यवहार लोकतान्त्रिक प्रणालीविरुद्ध भएको उल्लेख गर्दै जसपाले घटनाको सत्यतथ्य छानबिन गरी संलग्न प्रहरीहरूलाई कानूनी कारबाही गर्न माग गरेको छ।

जसपाका केन्द्रीय सदस्य तथा कार्यालय सचिव योगराज लिम्बु वनेमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जनताको सुरक्षाका लागि खटिने निकायबाट जनताको प्रतिनिधिमाथि दुर्व्यवहार हुनु अत्यन्तै गम्भीर र निन्दनीय विषय हो। यसले राज्य संयन्त्रप्रति जनताको विश्वास गुमाउने खतरा निम्त्याउँछ।”

पार्टीले यस्ता घटनाहरू भविष्यमा नदोहोरियोस् भनी सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

तस्बिर साभार : online Nepal 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)