नबिन सेन्चुरि
झापा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सरकार बहुराष्ट्रिय कम्पनी, विदेशी दातृ संस्था तथा विचौलियाको प्रभावमा परेर सार्वजनिक यातायात क्षेत्रलाई ध्वस्त बनाएको आरोप लगाउनुभयो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन झापा जिल्लाको प्रथम अधिवेशन उद्घाटनको क्रममा अध्यक्ष राईले यस्तो आरोप लगाएका हुन । उनले सार्वजनिक यातायात क्षेत्रको अव्यवस्था र सरकारको नीतिगत त्रुटिमा विरोध जनाउँदै मजदुर नेताहरूले निजी क्षेत्रको भूमिका सुरक्षित राखी श्रमिकहितमैत्री नीति निर्माणको माग गरेका छन्। साथै, संगठनले आफ्नो नेतृत्व सुदृढ गर्दै आगामी चुनौतीको सामना गर्ने संकेत पनि दिएको छ।
निजी लगानीको उपेक्षा:
करिब १० खर्बको निजी लगानी र ११ लाख श्रमिकको योगदानलाई बेवास्ता गर्दै, जनताको सेवा र श्रमिक सुरक्षालाई केन्द्रविन्दुमा नराखी नीतिहरु बन्न लागेको उहाँको भनाइ।
नीति तथा कानुनमा स्वार्थको प्रभाव:
हाल तयारी अवस्थामा रहेका “सवारी तथा यातायात व्यवस्था ऐन २०८१”, “राष्ट्रिय यातायात नीति २०८१”, “सडक सुरक्षा विधेयक”, र “राइड सेयरिङ नियमावली” स्वार्थप्रेरित रहेको दाबी।
मजदुर र व्यवसायीका मागको उपेक्षा:
कानुनी संशोधनका लागि सुझाव दिइसके पनि सरकारले छलफलका लागि बैठक नबोलाएको गुनासो।
सम्मान कार्यक्रम:
संगठन स्थापना (२०४७ साल) देखिका पाँचजना अध्यक्षहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको।सम्मानित व्यक्तिहरुमा पहिलो अध्यक्ष टेकबहादुर, गंगा भण्डारी, विष्णु सिटौला, शंकर, हस्तराज राई, र सन्तोष बान्तवा रहेका छन ।
नयाँ नेतृत्व चयन:
छत्रबहादुर रायमाझी (केदार) को अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत चयन।
उपाध्यक्ष: दुर्गा खड्का
सचिव: धनबहादुर गिरी
सहसचिव: टेकनाथ खतिवडा
कोषाध्यक्ष: सुदर्शन थापा
सदस्यहरू: राजकुमार सुवेदी, जयप्रकाश उराँव, करण पोखरेल, मदन खड्का, डिल्लीराम अधिकारी, यामनाथ भण्डारी, विक्रम खनाल, बनोज बस्नेत, नरेन्द्र राजवंशी, कमला श्रेष्ठ, लोकनाथ निरौला, याम तिम्सिना
Discussion about this post