एडिबिको पहिलेकै ऋण छ थप ऋण चाहिएन,आफै खोला खोल्सीको पानी जोडेर गुजारा गरौला : हर्क साम्पाङ

धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले धरानको दीर्घकालीन खानेपानी योजनामा एशियन डेभलपमेन्ट बैंक (ADB) बाट ऋण नलिन आग्रह गरेका छन्।

खानेपानी मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै नगरप्रमुख राईले सप्तकोशीको पानी धरानसम्म ल्याउने योजनामा विदेशी ऋणको सट्टा राष्ट्रिय स्रोत प्रयोग गर्न अनुरोध गरेका हुन्। उनका अनुसार सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ मा उक्त योजनाका लागि ४ करोड रुपैयाँ विनियोजन गरिसकेको छ, तर बाँकी खर्च ADB ऋणमार्फत ल्याउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।

“विदेशी ऋणका कारण देशको आर्थिक भार बढ्ने, स्थानीय तहमा समेत ऋणको दबाब पर्ने भएकाले योजना राष्ट्रिय आम्दानीबाटै अघि बढाउनु उपयुक्त हुनेछ,” पत्रमा उल्लेख गरिएको छ।

नगरप्रमुख राईले यसअघि धरानले लिएको ADB ऋण अझै तिर्न बाँकी रहेको स्मरण गराउँदै पुनः नयाँ ऋण लिनु उपयुक्त नहुने जनाएका छन्। उनले यदि राष्ट्रिय स्रोतबाट योजना अघि नबढाइएमा, स्थानवासीले आफ्नै खोलानाला उपयोग गरेर वैकल्पिक खानेपानी व्यवस्था गर्ने चेतावनीसमेत दिएका छन्।

उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत बोधार्थ पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)