समाचारदाता : गोपाल पौडेल
२०८२, असार १४ गते।
धराने मिडिया : होप धरानद्वारा आयोजित जुनियर मिटर एण्ड मिस धरान आइकोनको पहिलो अडिसन सम्पन्न भएको छ।
शनिवार धरान-९ पुतली लाइन स्थित हाङ्कुक साराङ कोरियान रेस्टुरेन्ट एण्ड बारमा भएको उक्त अडिसन कार्यक्रममा धरान विभिन्न विद्यालयबाट ६ वर्ष देखि १३ वर्ष सम्मको बालबालिकाहरुको सहभागी रहेको थियो।
अडिसनमा सहभागी विद्यार्थीहरुले नित्य, गाना र विभिन्न अन्य आफ्ना कलाहरु प्रस्तुत गरेका थिए। हरेक सहभागी प्रतियोगीलाई १ देखि २ मिनेट समय उपलब्ध गराइएको थियो। यस समयमा उनिहरुले आफ्नो परिचय र निर्णायकहरुको सोधिएको प्रश्नको उत्तर दिएका थिए।
अडिसन कार्यक्रमको निर्णयमा मिस नेपाल ग्रोबका विजेता रितु भट्टराई, मिस धरान आइकोनका विजेता आसमाया राई, मिस ग्रेस एस.इ.इ १०२५ धरानका विजेता शृङ्खला सामबहाम्फे(लिम्बू), मिसेस धरान आइकोन २०२४ का दोस्रो भाग्यमानी लिम्बू र मिसेस स्टेट-१ २०२५ का विजेता अन्जु गुरुङ रहेका थिए।
प्रतियोगिताको दोस्रो अडिसन असार २१ गते धरान-७ स्थित बुद्ध मार्ग होप धरानको कार्यक्रम हलमा हुनेछ।
Discussion about this post