स्वर्गीय पत्रकार हिमाल राईको स्मृतिमा अक्षयकोष स्थापना

धनराज राई

बराहक्षेत्र, २०८२ असार १४ — बराहक्षेत्र नगरपालिका–२, बयरबन निवासी स्वर्गीय पत्रकार हिमाल राईको निधन यही २०८२ साल बैशाख १४ गते आफ्नै निवासमा भएको हो। उहाँले विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो। उहाँ हालै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीको पाँचौं जिल्ला अधिवेशन (२०७८ पुस २५–२६) बाट जिल्ला उपाध्यक्षमा निर्वाचित भई कार्यरत हुनुहुन्थ्यो। साथै, उहाँ नेपाल पत्रकार महासंघ सुनसरीका प्रदेश परिषद सदस्य समेत हुनुहुन्थ्यो।

स्वर्गीय हिमाल राईको परिवारमा श्रीमती पर्बता तुम्वाहाम्फे राई, एक छोरा मोना राई र एक छोरी लिसा राई छन्।

उहाँको योगदानको स्मृतिमा, आज स्वर्गीय राईकी श्रीमती पर्बता तुम्वाहाम्फे राईले फोनिज सुनसरीलाई ‘स्वर्गीय हिमाल स्मृति पुरस्कार अक्षयकोष’ स्थापना गर्न रु २,००,००५ (अक्षरेपी दुई लाख पाँच रुपैयाँ) प्रदान गर्नुभएको छ।

बराहक्षेत्र–२ मा आयोजित विशेष कार्यक्रमका बीच दातृ पक्ष पर्बता तुम्वाहाम्फे राई र फोनिज सुनसरीका अध्यक्ष सुनिल चौधरीबीच कोष स्थापना सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो।

उक्त कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनक ऋषि राई, फोनिज सुनसरीका अध्यक्ष सुनिल चौधरी लगायतले दातृ पक्षप्रति विशेष धन्यवाद व्यक्त गरे।

त्यस्तै कार्यक्रममा पत्रकार सन्तोष गुप्ता, विजय राई, फोनिज सुनसरीका सचिव प्रमिला राई, कोषाध्यक्ष स्वर्णिम राई, सदस्यहरू बुद्ध हाङ लिम्बू, स्मारिका राई, सचिन राई, साथै किरात राई यायोक्खा बराहक्षेत्र नगरका कोषाध्यक्ष एवं किरात राई बान्तावा खिम बराहक्षेत्र नगरका उपाध्यक्ष चिना राई, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)