श्रम संस्कृति पद मार्ग : पसिनाले बनेको बाटो, जनश्रमको जीवित उदाहरण 

 

निमा पोङ्स्युवा

धरान २० स्थीत श्रम संस्कृति पार्क हुँदै साँगुरीगढी भेडेटारसम्मको पदमार्गलाई हाईकिङको विकास गर्ने अवधारणाले अघि बढिएको पदमार्ग ‘श्रम संस्कृति पद मार्ग’ भन्ने नामले परिचित नयाँ पदमार्ग अहिले धरानको सामाजिक चेतना र सामूहिक प्रयासको प्रतीक बनेको छ। यस पदमार्ग निर्माणमा न कुनै ठूला ठेकेदार थिए, न त सरकारी ठूला बजेट। यो मार्ग जनश्रम, पसिना, र नागरिकको सहभागिताले निर्माण भएको एक ऐतिहासिक नमुना हो।

धरानका मेयर हर्क साम्पाङको भिजन र पहलमा सुरु गरिएको यो अभियानमा स्थानीय बासिन्दा, स्वयम्सेवी समूह र स्थानीय सरकारको समेत सक्रिय सहयोग रहेको थियो। सबैले आ–आफ्नो समय, पसिना र सीप लगाएर यो बाटोलाई सपना देखेझैं साकार पारे।

तर, पछिल्लो समय केही समूह वा व्यक्तिहरूले यसलाई ‘साँगुरी पदमार्ग’ भनेर चिनाउन थालेका छन्, जसमा श्रमिकहरूको योगदानलाई ओझेल पारिएको गुनासो उठेको छ। मेयर हर्क साम्पाङ भन्छ – “श्रम संस्कृति पद मार्ग ! भिजन हर्क साम्पाङको आर्थिक सहयोग केन्द्र र स्थानीय सरकारको ! साँगुरी पद मार्ग भन्न पाइँदैन ! पसिना श्रमदाताको ।” स्थानीय सामाजिक अभियन्ताहरू भन्छन् —”यो बाटो श्रमिकहरूको हो। नाम राख्नुपर्दा पनि पसिनाको सम्मान गर्नुपर्छ।”

नाममा विवाद, तर उद्देश्यमा एकता

यश पदमार्गको लागि आर्थिक वर्ष ८१/८२ मा १८ लाख रुपैया विनियोजनसंगै काम सम्पन्न भएको छ । उप मेयर आईन्द्र बेघा भन्छ संघीय सरकारका तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ४० लाख रुपैया बजेट विनियोजन गरिदिएको हो । कुल १ करोड ८ लाखमा करिब ३ किलोमीटर पदमार्ग निर्माण भएको हो ।
‘श्रम संस्कृति पद मार्ग’ नामले श्रमको सम्मान र जनताको एकताको प्रतिनिधित्व गर्छ। यसले न केवल एउटा बाटो, तर समाजको सोच, संस्कार र चेतनालाई उजागर गर्छ। हर्क साम्पाङ भन्छन् — “श्रम र संस्कृति मिलेर नै देश बनाउने हो। यो बाटो त्यसैको प्रतिक हो।”
श्रम संस्कृति पदमार्गलाई साँगुरी गढी पदमार्ग भनिएपछी फेरि विवादमा तानिए यो मार्ग ।

स्थानीय सरकारको सकारात्मक भूमिकाः

पदमार्ग निर्माणमा स्थानीय निकायको सहजीकरण महत्त्वपूर्ण रह्यो। आर्थिक सहयोग, भौतिक स्रोतसाधनको व्यवस्थापन र समन्वयमार्फत सरकारले जनश्रमको सम्मानमा थप उचाइ दिएको छ।

 

निष्कर्ष:

धरानमा एकपछि अर्को विवाद र बखेडा उत्पन्न भैरहन्छ । उप प्रमुख आइन्द्र बेघा १८ लाख रुपैयाको योजनाको अनुगमन गर्न पुगेपछि यसअघि भनिएको श्रम संस्कृति पदमार्गलाई साँगुरी गढी पदमार्ग भनिएपछी फेरि नाममा विवाद निस्किएको हो । उप प्रमुखले बोलिएको छोटो भिडियो क्लिपमा साँगुरीगढी पदमार्ग भनिएको छैन । तर फेसबुक पेजको मुख्य शिर्षकमा `श्रम संस्कृति – साँगुरीगढी पदमार्ग´…. उल्लेख छ । त्यहीँबाट यो मार्गको नामको विवाद बल्झिने अवस्था छ ।

श्रमबाट बनेको बाटोलाई नाममा सीमित पारेर हेर्नु अन्याय हो। ‘श्रम संस्कृति पद मार्ग’ भनेको स्थानीय जनताको आत्मसम्मान, सहकार्य र समर्पणको कथा हो।
यसको नाम राख्दा पनि त्यसै अनुरूप सोच्नुपर्छ — यो साँगुरी मात्र होइन, सम्पूर्ण समाजको साझा बाटो हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)