धरानको नगरसभा उद्घाटन कार्यक्रम आज हुन सकेन बजेट अन्योल

धरान । आज असार १० गतेका लागि तय गरिएको धरान उपमहानगरपालिकाको नगरसभा उद्घाटन कार्यक्रम अन्तत शुरु हुन सकेन।

मेयर हर्क साम्पाङले सामाजिक संजालमा लेखेका छन,-`आज असार १० ! आज नगरसभा उद्घाटन गर्नु पर्ने हुन्छ ! सो गरौँ भन्ने मेरो एजेण्डा सहितको २०८२-३-८ गतेको कार्यपालिका वैठकमा विषय प्रवेश अगावै ज्ञापनपत्र सहितको असहमति आएको कारण उद्घाटन गर्न सकिएन ! जय देश ! जय धरान !´

नगरप्रमुख हर्कराज राई हर्क साम्पाङले नगरसभाको उद्घाटन गर्नुपर्ने एजेण्डा सहित कार्यपालिका बैठक २०८२ साल असार ८ गते आह्वान गरेका थिए। तर, बैठकमा विषय प्रवेश गर्नु अगावै उप मेयर आइन्द्र बेघाको नेतृत्वमा सदस्यहरूद्वारा ज्ञापनपत्र सहित असहमति प्रस्तुत गरिएको कारण नगरसभा सुरु हुन सकेन।

नगरप्रमुख राईले जनताका अपेक्षा, पारदर्शिता र सहकार्यका लागि नगरसभा अत्यावश्यक रहेको भन्दै खेद व्यक्त गरेका छन्। उनले भने, “जनताको प्रत्यक्ष सरोकारका विषयहरू नगरसभामार्फत छलफल र निर्णय गर्नुपर्छ। तर सहमति नहुँदा प्रक्रिया अघि बढाउन सकिएन।”

गत समेत पटकपटक विवाद हुँदा स्थगित भएका थिए । यस घटनाले धरानको स्थानीय राजनीति फेरि एकपटक तरंगित बनाएको छ। आगामी दिनमा नगरसभा कहिले बस्ने भन्नेबारेमा भने अझै स्पष्टता आइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)