धनराज राई
बराहक्षेत्र /सुन्सरी जिल्लाको बराहक्षेत्र नगरपालिकाले आर्थिक बर्स २०८२/०८३ को लागि बजेट प्रस्तुत गरेको छ ।
असार ९ गते नगर को १६ औ नगर सभाद्वारा कुल १ अरब ६ लाख ९५ हजार ३ सय ७९ रुपैया बराबर को बजेट बराहक्षेत्र नगरका उप प्रमुख नन्द कुमारी सुनुवारले सार्बजानिक गर्नुभएको थियो । बजेटमा समान रुपमा ११ वटै वडाहरुमा रु ८० लाख को दर ले सिलिङ बजेट राखिएको र नगरतर्फको पुजिगत बजेट २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैया रहेको र चालू खर्च -१५ करोड ८८ लाख रुपैया मात्र रहेको भन्ने जानकारी गराउनु भयो।
नगरपालिकाले आन्तरिक आम्दानीतर्फ आगमी आर्थिक वर्षको लागि रु ७ करोड ३६ लाख ५१ हजार को लक्ष्य राखेको छ। आम्दामी क्षेत्र आन्तारिक आय अनुमान ७ करोड ,३६ लाख,५१ हजार ,ससर्त अनुदान (चालू तथा पुजिगत समेत-४७ करोड १ लाख,समपुरक अनुदान संघ-३ करोड ४१ लाख,बिशेष अनुदान संघ-७५ लाख,बितिय समनिकरण अनुदान संघ-१९ करोड ३४ लाख,बितिय समनिकरण अनुदान प्रदेश-१ करोड ८२ लाख ५० हजार,संघिय राज्वस्व बाड फाट -१५ करोड ९४ लाख ५७ हजार ३ सय ७९,प्रदेश शसर्त अनुदान (चालू तथा पुजिगत) २ करोड ३० लाख ५६ हजार,समपुरक अनुदान प्रदेश-१ करोड,प्रदेश राजस्व बाडफाट-१ करोड ११ लाख ९५ हजार ३ सय ७९ रुपैया छ । जम्मा-१ अरब ६ लाख ९५ हजार ३ सय ७९ ।
त्यासै गरि खर्च तर्फ चालू खर्छ-१५ करोड ८८ लाख,वडा कार्यलय पुजिगत-८ करोड ८० लाख,पुजिगत बजेट नगर तर्फ -२० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैया ।संघिय शसर्त अनुदान (चालू/पुजिगत) ४७ करोड १ लाख,प्रदेश शसर्त अनुदान (चालू/पुजिगत) २ करोड ३०लाख ५६ हजार,समपुरक अनुदान प्रदेश -१ करोड, समपुरक अनुदान संघ-३ करोड ४१ लाख,बिशेष अनुदान संघ-७५ लाख गरि जम्मा १ अरब ६ लाख ९५ हजार ३ सय ७९ रुपैया छन ।
Discussion about this post