मेयरले रोक्का गरेको प्रहरी चौकी जसरी पनि बनाउने

धरान । धरान उपमहानगरपालिका १६ मा निर्माणाधीन अवस्थामा रहेको प्रहरी चौकी सम्बन्धमा मेयर हर्क साम्पाङ्ले आधिकारिक रुपमा रोक्ने पत्राचार गरेपछि थप विवाद चर्केको छ ।

सो विषयमा आम नागरिकमा देखिएको अन्योल हटाउन वडा नं. १६ का वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै मेयरले रोकेको निर्माणकार्य निरन्तरता दिने बताए । प्रेस विज्ञप्तिका अनुसार मिति २०८० साल जेठ १७ गते वडा कार्यालयबाट प्रहरी चौकी निर्माणको सिफारिससहितको पत्र धरान उपमहानगरपालिकामा पठाइएको थियो। त्यसको भोलिपल्ट, जेठ १८ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले नौलो बस्तीमा प्रहरी चौकी स्थापनाका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यसअनुसार, मिति जेठ २८ गते जिल्ला प्रशासन कार्यालय, इनरुवा, सुनसरीलाई धरान १६ स्थित नौलो बस्तीमा प्रहरी चौकी स्थापनाको लागि सिफारिस गरिएको थियो।

यही सन्दर्भमा आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत जिल्ला प्रहरी कार्यालय, सुनसरीलाई धरान–१६ मा प्रहरी चौकी निर्माण गर्न रु. २५ लाख विनियोजन गरिएको थियो। तर, समय अभावका कारण निर्माण कार्य अगाडि नबढेको वडाध्यक्ष भट्टराईले स्पष्ट पारेका छन्। अन्य केही स्थानीय तहहरूमा समेत विनियोजित बजेट कार्यान्वयनमा नआएको उदाहरण दिँदै उनले प्रहरी चौकी निर्माणको प्रक्रिया नियमित ढंगले अगाडि बढिरहेको बताएका छन्।

वडाध्यक्ष भट्टराईले प्रेस सम्मेलनमा उपस्थित सम्पूर्ण पत्रकार तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गर्दै धरानवासीलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)