बरुण नदीमा बिद्युत परियोजना सञ्चालन यसकारण गर्नुहुँदैन – राजेन्द्र थापा

पर्वते नेपाली भाषामा` बरुण ´( पानीका देवता )
स्थानीय भोट – किरात बोलीमा ” छुक छु वा ” ( अमृतमय जल प्रवाह ) ।

पुर्व नेपालको सप्तकोसी जलप्रवाह मध्येको सबैभन्दा ठुलो जलराशी भएको नदी अरुण । त्यही अरुण नदीको नेपाल भूभागको माथिल्लो क्षेत्रमा मकालु हिमालको काखबाट बरुण नदी आएको छ जो अरुणको प्रमुख सहायक नदी पनि हो । यसै नदीको नामबाट बरुण उपत्यका , मकालु बरुण राष्ट्रिय निकुन्ज जस्ता संसार प्रसिद्ध प्राकृतिक तथा जैविक संरक्षण तथा निकुञ्ज क्षेत्र छन । यो संगै यो प्राचीन सांस्कृतिक तथा धार्मिक स्थल र तीर्थ पनि हो ।

नेपालको सांस्कृतिक अध्ययन गर्दा मूलतः शहर केन्द्रीत , हिन्दू दृष्टिकोण केन्द्रीत र नेपाली भाषा संग जोडेर मात्रै अध्ययन ,अनुसन्धान र व्याख्या गरिएको पाइन्छ । तर समस्त हिमवत खण्ड यो बाहेक प्राचीन बोन धर्म परम्परा , बौद्ध धर्म परम्परा , किरात धर्म परम्परा , स्थानीय प्राकृतिक धर्म परम्परा , र सामुदायिक पित्री परम्पराको केन्द्र पनि हो । यो गैह्र नेपाली भाषी संस्कृति हो । जापानी अध्ययनकर्ता जे . कावाकिताका अनुसार नेपालको सन्दर्भमा यो उत्तरी संस्कृति र दक्षिणी संस्कृति करिब २००० मी. को उचाइ बाट छुट्टिन्छ । तर ठाउँ अनुसार यो फरक छ । अहिले भर्खर भर्खर यसबारे अध्ययन हुन थालेकोछ । नेपालको यो गैर हिन्दु साँस्कृतिक परम्पराको अध्ययन धेरै जसो बिदेशीहरुले गरेको पाइन्छ ।

यो क्षेत्र प्राचीन काल देखि नै भोट – भारत गर्ने प्रमुख बाटो हो । किनभने हिमाल पार गर्ने यो एउटा मात्र बाह्र मासे बाटो हो । त्यसकारण प्राचीन काल देखि नै यो क्षेत्र मानव बसोबासको क्षेत्र हो । यसउसले यहाँ प्राग इतिहास देखी को संस्कृति ,धर्म ,परम्परा , रीतिरिवाज रहिआएको छ ,जसका मुख्य वाहक भोट समुदाय र किरात समुदाय हुन । दक्षिण भारत बाट बाजको व्यापार गर्न आउने हिन्दु व्यापारीको माध्यम बाट यो अनुपम स्थान बारे भारतीय योगी ,फकिर ,चिन्तकले थाहा पाएपछि उनिहरु यो स्थल तर्फ आउन थालेको पाइन्छ । त्यसपछि यो अरुण – बरुण मिलन संगम स्थल महादेव पार्वती ( हिन्दू ) , गुरु पद्मसंभव ( बौद्ध ) , नौ छिरिङ्मादेवी ( बोन ) , पारुहाङ – सोङधोङ ( किराँती ) देवताको विचरण गर्ने हिमालको पानी आउने भएकोले सो जल स्नान गरि पाप मोचन गर्ने , मोक्षको मार्ग समाउन प्रयत्न गर्ने तीर्थको रूपमा यस स्थानमा प्राचीन काल देखि नै हजारौं भक्तजन ,तीर्थयात्री बर्सेनि माघे संक्रान्तीमा यहाँ आउने गर्छन । त्यसकारण यो क्षेत्र जैविक ,प्राकृतिक रुपले अति महत्त्वपूर्ण त हुँदै हो ,साँस्कृतिक ,धार्मिक रुपले पनि पौराणिक , र ऐतिहासिक क्षेत्र हो । यसको यही महत्वका साथ बिकास र प्रवर्द्धन गरिनुपर्छ ।

 

अहिले देशभर अन्धाधुन्ध यस्ता प्राकृतिक ,जैविक ,सांस्कृतिक चक्रको बिनास बिकासका नाममा भैरहेको छ । बरु मानिस भौतिक कष्ट खपेर बस्न सक्छ तर जब उसको आत्मिक , सांस्कृतिक क्षेत्र नष्ट हुन्छ ,तब उसले त्यो क्षेत्र परित्याग गर्द्छ । अहिले त्यही भैरहेको छ ।

बरुण नदीमा बिद्धुत निकाल्ने मकसदले केहिलाई आर्थिक फाइदा त होला तर धेरैको , इतिहासकै , एक प्राचीन मानव चक्रकै हत्या हुनेछ । हामीले यताकै यस्ता परियोजनाका सामाजिक ,सांस्कृतिक अध्ययन पनि हेरेका छौँ ,केही बाहेक सबै अर्को कुनै परियोजनाको नक्कल र देखावटी मात्रै भएको पाएकाछौं । गहन अध्ययन गर्ने हो भने यहि माथि उल्लेख गरिएका निष्कर्ष आउनेछन । तब यो राज्यले आफ्नो कुनै कुमारी भूभाग सुरक्षित राख्न मिल्दैन ? सबै जमिन ,सबै खोलानाला ,नदी ,सबै हिमाल ,सबै बनस्पति बेचेरै आजै सक्नुपर्ने हो ? त्यहाँ बाट आउने बिजुली अलिकति थपे यो क्षेत्रमा नै बिकास परियोजना बाट सहजै प्राप्त गर्न सकिन्छ । त्य्सका लागि बरु राज्यले अध्ययन गरोस । यो इगोको बिषय होइन । हाम्रो युगका ,समयका हामी पनि केही मानिस नै हौं । हाम्रो भावना ,हाम्रो आवाज सुनियोस । वरुण नदी बाट बिजुली निकाल्ने हालसालैको परियोजना बन्द गरियोस । बरु यसलाई बृहत खेन्पालुङ – शिवधारा – पारुहाङ साँस्कृतिक महातीर्थको रूपमा बिकास गरियोस ।

सिलिचोङ याफु खेन्पालुङ गुफा देखि न्हे नाम डाङ ( रिदाक ) सम्मको बृहत् सांस्कृतिक उत्थान परियोजना बिकास गरौं । जसले हिमाली क्षेत्रको प्राकृतिक ,जैविक ,सांस्कृतिक रक्षा गर्द्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)