नेबी संघ पूर्वाञ्चल क्याम्पस धरानद्वारा विद्यार्थीहरूलाई एकदिने सार्वजनिक वक्तृत्व कला तालिम

धरान, असार ६। नेपाल विधार्थी संघ, पूर्वाञ्चल क्याम्पस धरानले क्याम्पसमा अध्ययनरत विभिन्न क्षेत्रबाट आएका विद्यार्थीहरूलाई लक्षित गरी एकदिने सार्वजनिक वक्तृत्व (Public Speaking) तालिम सम्पन्न गरेको छ।

संघले औपचारिक कार्यक्रमका बिच प्रशिक्षण सम्पन्न गरिएको हो । उक्त तालिममा ८० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेका थिए । तालिमको उद्घाटन गर्दै सभापति आयुष कार्कीले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मबल बढाउनुका साथै आफ्ना विचार अरुको माझ स्पष्ट रूपमा राख्ने प्रतिभा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरूमा पनि यस्तै प्रकारका उपयोगी तालिमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।

तालिममा प्रशिक्षकको रूपमा मनोज दाहालले प्रशिक्षण दिनुभएको थियो। सहभागी विद्यार्थीहरूले तालिमबाट निकै महत्वपूर्ण कुरा सिक्न पाएको प्रतिक्रिया दिएका थिए ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यावहारिक जीवनमा पनि आत्मविश्वासका साथ प्रस्तुत हुन मद्दत पुर्‍याउने आयोजकहरूको विश्वास लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)