संखुवासभा । संखुवासभा जिल्लाक्क चीन सिमा जोडिएको भोटखोला गाउँ पालिका वडा नम्बर ४ स्थित पवित्र तिर्थस्थल छुक्चुवा बरुण नदिमा जलविद्युत परियोजना निर्माण गर्न दिएको भन्दै स्थानीयले बिरोध गरेको छ ।
एम्पिक इनर्जी प्रालिले भोटखोला गाउँपालिका परियोजना तथा सामाजिक धार्मिक तिर्थ धाम निर्माण समेत सिफारिस माग गरेपछि वडाबाट राय माग गरेको पत्र सार्वजनिक भएको छ । यसरी जनप्रतिनिधिले प्राकृतिक स्रोत साधन बिक्री गर्न लागेको भन्दै स्थानियके खबरदारी गरेको छ । यस विषयमा स्थानीय आकाश लिङ्बोले सामाजिक संजालमा जनप्रतिनिधिलाई जल जमिन बेच्ने जनप्रतिनिधि नचाहिने भन्दै आक्रोश पोखेको छ । स्टाटस लेख्दै जुत्ताको माला लाउने होकि! फुलको माला लाउने हो तपाई हरुआफैं निर्णय लिनुहोला भनेर चेतावनी दिएको छ । स्टाटसमा भनिएको छ – “सुचनालाई वेवास्ता गरेमा प्रतेक जनप्रतिनिधिहरुको नैतिक पतनहुने गरि कालो मोसो लगाउने छौं र जनताले दिएको पदबाट पद मुक्त पार्ने र जेल चलान समेतको दण्ड दिन तयारीमा छौ ।”
भोटखोलामा रहेका खोला नदिनाला बाहिरी व्यक्तिले दर्ता गरि सबै कब्जामा लिइसकेको छ । यसरी दर्ता गरेपछि स्थानीयलाई बिना सरसल्लाह अन्तर्राष्ट्रिय महासंधी आई एल ओ १६९ बिपरित समेत गरिदै आएको छ । जसको कारण परियोजना अन्योल हुने थप जटिल हुने भैरहेको छ ।
पूरा स्टाटस :
जल जमिन बेच्ने जनप्रतिनिधि चाहिदैन!😡
जनप्रतिनिधि मुर्दावाद !!
जलमाफिय होसियार !!!🖕
जुत्ताको माला लाउने होकि! फुलको माला लाउने हो तपाई हरुआफैं निर्णय लिनुहोल्ला # जनप्रतिनिधि हरु।सम्पुर्ण भोटखोलाको युवा साथिहरु ,पवित्रधर्मिक स्थल बचौकोअभियानताहरु ,सचेत नागरिकहरु एक जुट हौ। पवित्र धार्मिक स्थल माथि फोहोर र इतिहास नै मेट्न खोज्ने मतियार लाई तह लगाउनको निम्ति एक हौ ।जलविद्युतआयोजना निर्माण सञ्चालन अनुमति सहित सिफारिस गरिदिनु हुन भनी एम्पिक इनर्जी प्रालिले स्थानिय सरकारलाई पत्र जारीगरेको यो विषय के हो ?सत्य तथ्य जनामानस मा प्रष्ट पारिदिनुहुन सम्बन्धित निकायलाईअपिल गर्दछु यदि यो सुचना सत्य हो भने म भोटखोला गाउँपालिकाको जनप्रतिनिधिहरु कसैले पनि यो सिफारिस मा सहि नगरिदिनुहुनअनुरोध गर्दछु यदि सहि गरेको खण्डमा हामी युवाहरु ,नागारिक समाज , बिद्यार्थी, सामाजिक अभियानता ,राजनिती कर्मी, चुपलागेर सहेर बस्ने वाल छैनौ त्यसकारण बिगृनु भन्दा पहिला नै खबरदारी गरेका छौ । यदि यो सुचनालाई वेवास्ता गरेमा प्रतेक जनप्रतिनिधिहरुको नैतिक पतनहुने गरि कालो मोसो लगाउने छौं र जनताले दिएको पदबाट पद मुक्त पार्ने र जेल चलान समेतको दण्ड दिन तयारीमा छौ । जलमाफिया होसियार 😡😡😡😡
Discussion about this post