धरान, असार ५ — लिम्बू र नेपाली भाषामा निर्माण गरिएको चलचित्र “मिम्जी फुङ” धरानमा विशेष प्रदर्शन भएको छ । गाउँले जनजीवनका विविध रंग र भावनात्मक उतारचढाव समेटिएको यस चलचित्रले दर्शकलाई भरपूर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
असार ५ गते धरानमा गरिएको विषेश प्रदर्शनले दर्शक भावुक मात्र बनाएन आँसु नै झर्यो । प्रेम कथामा आधारित चलचित्रले युवायुवती मात्र होइन ज्येष्ठ नागरिकहरुको समेत आँसु थामेनन ।
प्रेम, संस्कृति र समाजबीचको सम्बन्धलाई समेटेर तयार पारिएको मिम्जी फुङले लिम्बू समुदायको मौलिकता झल्काउने प्रयास गरेको निर्देशक चन्द्र फुरुम्बो बताउँछन्। ग्रामीण परिवेशलाई टिपिकल गहिराईका साथ चित्रण गरिएको यस चलचित्रलाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
फिल्ममा हिमाल लिम्बू, सुम्निमा जिमि, इङ्सा कन्दङ्वा, सोम सेरेङ, सन्चमाया लिम्बू, फुलमाया लिम्बू, किशोर थक्लुङ, साबित्रा मेन्याङ्बो, नरेन्द्र केरुङ, दुर्गा इङ्नाम, गङ्गा कन्दङ्वा, श्रेया चोङ्बाङ र चन्द्र थेबे लगायतका कलाकारहरूको अभिनय रहेको छ।
विशेषगरी युवापुस्ता र सांस्कृतिक फिल्मका पारखीहरूलाई लक्षित गरिएको मिम्जी फुङको विशेष प्रदर्शनमा सहभागी भई मौलिक कथावस्तु र गाउँले जीवनको स्वाद लिन आयोजकले सम्पूर्ण दर्शकलाई आग्रह गरेका छन्।
यो चलचित्र हेर्दा गाउले परिवेश हिमाली भेग ताप्लेजुङ जिल्लाको घुन्सा कुम्भकर्ण क्षेत्रमा छायांकन गरिएको छ । यो चलचित्र हेरेपछी ताप्लेजुङ जिल्लामा पर्यटन प्रबर्द्धन हुने निश्चित छ । घुन्सा क्षेत्रका मनोरम दृष्यले जोकोहिको मन लोभ्याउनेछ । एकपटक त्यो क्षेत्रमा घुम्न जाने इच्छा जागेर आउने छ । यो चलचित्र विदेशमा अंग्रेजी सबटाईटल राखेर प्रदर्शन गर्ने हो भने नेपाली आदिवासीको संस्कृतिको प्रचारप्रसार संगै पर्यटन प्रबर्द्धनमा टेवा अवस्य मिल्नेछ । प्रेम कथामा आधारित कथा सलल बगेको छ । कहिकतै अल्छी लाग्ने छैन । यसए तपाईलाई भावुक मात्र होइन आँसु झारेर पठाउनेछ । अभिनय अब्बल यो चलचित्र एउटा पाटा हुन । आदिवासी भुमिपुत्र लिम्बू समुदायको मौलिक संस्कृति अर्को पाटा भएको कारण पनि चलचित्र उत्कृष्ट छ ।
चलचित्रको मिति, समय र स्थानबारे विस्तृत जानकारी आयोजकले चाँडै सार्वजनिक गर्ने जनाइएको छ।
Discussion about this post