धरान ।“शिक्षाका लागि संगीत” नारासहित Wai Wai SEE IDOL 2025 (Season-5) ग्राण्ड फिनाले असार ६ गते धरानमा हुने भएको छ ।
फिनालेबारे धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । फक्तालुड मिडिया हाउस प्रा.लि.द्वारा आयोजना गरिएको Wai Wai SEE IDOL 2025 को पाँचौं संस्करणको Grand Finale यही असार ६ गते धरान-१५ स्थित चुम्हुङ हिममा हुने भएको छ ।
कार्यक्रममा SEE परीक्षा दिएका बालबालिकाहरुको लुकेको गायन, नृत्य र वाककला प्रतिभालाई उजागर गर्ने लक्ष्यसहित संचालन हुँदै आएको छ।
प्रदेश १ स्तरीय यस प्रतियोगितामा पहिलो पटक भौतिक तथा अनलाइन अडिसनबाट सुरु भई विभिन्न चरण पार गर्दै ७० जना प्रतियोगीहरु मध्येबाट छनोट भई अन्तिम फिनालेमा गायन, नृत्य र वाककला तर्फ गरी २० जना प्रतिस्पर्धी पुगेका छन्।
ग्राण्ड फिनालेमा राष्ट्रिय चर्चित कलाकारहरू मेलिना राई, विकास तुम्बापो लिम्बुको समेत विशेष सांगीतिक प्रस्तुति रहनेछ। SEE idol विजेताहरूले नगद पुरस्कार, ट्रफी, कक्षा ११ र १२ मा शतप्रतिशत निःशुल्क छात्रवृत्ति, बारिष्टा तालिम तथा निःशुल्क मुस्ताङ वा सिक्किम भ्रमणको अवसर पाउने कुरा आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरको उपस्थित रहने छ।
SEE IDOL लाई पाँचौं संस्करणसम्म टाइटल स्पोन्सरको रुपमा वाई वाई र मुख्य प्रायोजकको UN Cake & Barista ले गर्दै आईरहेको जनाएको छ ।
Discussion about this post