जन्म दिनको अवसरमा बाढिपिडितलाई राहत वितरण(भिडियो सहित)

 

धरान । गत जेठमा आएको अविरल वर्षाबाट पीडित नौ परिवारलाई जन्म दिनको अवसरमा राहत वितरण गरिएको छ ।

हाल हङकङ निवासी सौगात वर्देवाको जन्म दिनको अवसरमा पिडितलाई राहत वितरण गरिएको छ । करिब २२ हजार रुपैया बराबरको राहत खाद्यान्न उपलब्ध गरिएको कुरा होप धरानका अध्यक्ष निश्चल पलिखेले जानकारी दिए ।

गत जेठमा आएको बाढिले क्षती पुर्‍याएका नौ घरपरिवारको लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ बाट नौजनाको नाम सिफारिस भएपछि सोही अनुसार राहत खाद्यान्न वितरण गरिएको बताए । राहत खाद्यान्न पाउनेमा भोर्लेनिका सोमिबहादुर राई,खैरेनीटारका रमेश तामाङ,योगेन्द्र लिम्बू,सुवास श्रेष्ठ,बसन्तटारका देविका राई,पत्रङवारिका रामप्रसाद राई,बिब्बामाय राई,झाँकिटारका फुलमाया राई र पानबारीका ५ वर्षे ब्रेन ट्युमर बिरामी अंकित खड्का रहेका छन ।

पिडितहरुलाई राहत धरान उपमहानगरका मेयर हर्क साम्पाङको हातबाट हस्तान्तरण गरिएका थिए । मेयर साम्पाङले जन्म दिनको अवसरमा पार्टी प्यालेसमा मनाउन सकिन्थ्यो तर बाढी पीडितलाई राहत उपलब्ध गरि मनाएको बताए । सबैको आर्थिक अवस्था कमजोर कमजोर भएको देशकै अवस्था कमजोर भएकोले काम गर्नुपरेको बताए । केही ब्यक्तिले यसरी सहयोग गरिदै आएकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)