शिङ्सा कल्याण केन्द्रद्वारा आदिवासीको अधिकार सम्बन्धि गोष्ठी प्रशिक्षण सम्पन्न

काठमाडौ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सुचिकृत ५९ जाती मध्ये ल्होमी शिङ्साबा समुदायको जातिय संस्था शिङ्सा कल्याण केन्द्रले आदिवासी अधिकार सम्बन्धि गोष्ठी शनिबार सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा काठमाडौंमा आयोजना गरिएको गोष्ठी `आदिवासी जनजातिको अधिकारको निम्ति सशक्त संघर्ष गरौं, ल्होमीशिङसावा जातिको मौलिक पहिचानको संरक्षण गरौं´भन्ने मूल नारा रहेका थिए । कार्यक्रम प्रमुख अतिथि को रुपमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान का सदस्य सचिव ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यमा उद्घाटन भएका थिए । गोष्टिको प्रशिक्षक लाहुर्निपका उपाध्यक्ष अधिवक्ता शंकर लिम्बू रहेका थिए ।

गोष्टिमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को महासन्धि १६९ र संयुक्त राष्ट्र संघीय घोषणा पत्र २००७ सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण दिएका थिए । आदिवासिका अन्तर्राष्ट्रिय अधिकार बारेमा सचेतना फैलाउनु र तिनको कार्यान्वयन सुनिश्चित गर्न सरोकारवालाबीच समन्वय तथा संवाद प्रवर्द्धन बारे प्रशिक्षण छलफल भएका थिए ।
बरिष्ठ अधिवक्ता शंकर लिम्बु ले ILO महासन्धि १६९ को सैद्धान्तिक तथा व्यवहारिक पक्षहरूबारे प्रशिक्षण दिँदै नेपालको संविधानले प्रत्याभूत गरेका अधिकारहरूलाई व्यवहारमा उतार्न ढिलाइ हुनु चिन्ताजनक भएको बताए। उनले राज्य संरचनाभित्र आदिवासी जनजातिका पहिचान र अधिकारहरूलाई सुनिश्चित गर्न राजनीतिक इच्छाशक्ति आवश्यक भएको उल्लेख गरे।

कार्यक्रममा १३० जना भन्दा बढिको सहभागी रहेका थिए । कार्यक्रम शिङ्सा कल्याण केन्द्रका केन्द्रिय अध्यक्ष लाक्पा आङ्जुक सेक्नेपेदेनको अध्यक्षतामा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)