इलाम । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ३ मानपुर इलाममा पाँच दिने प्रस्ताव लेखन तथा प्रतिवेदन लेखन प्रशिक्षण सम्पन्न भएको छ ।
माङ्सेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा आर्थिक वर्ष २०८१/८२ को लक्षित बजेटबाट प्रशिक्षण गरिएको कुरा महिला विकास कार्यक्रम उपभोक्ता समिती अध्यक्ष रिपल राईले जानकारी दिए । प्रशिक्षण कार्यक्रम महिला विकास कार्यक्रम उपभोक्ता समितीको आयोजनामा गत जेठ २२ गतेमा शुरु भै २६ गते सम्पन्न भएका थिए ।
प्रशिक्षणमा २८ जना सहभागी रहेका थिए । प्रशिक्षणमा विशेषगरी सहभागी महिलाहरु थिए । गाउँपालिकाले आगामी दिनमा यस्ता किसिमका प्रशिक्षण कार्यक्रम निरन्तर रुपमा गराउनुपर्ने बताए पाँच दिने प्रशिक्षणमा राम रिमालबाट प्रशिक्षण गराएका थिए । उद्घाटनमा माङ्सेबुङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मण राईको प्रमुख आतिथ्यमा भएका थिए ।
कार्यक्रमा अन्य अतिथिहरुमा जनप्रतिनिधि देउमान साम्वा लिम्बु,सुर्यकुमार राई,शुसिला शंकर, टोल विकास अध्यक्ष जसमाया तामाङ,प्र अ दिलबहादुर राई लगायतका उपस्थिति रहेका थिए ।
महिला विकास कार्यक्रम उपभोक्ता समितिमा ११ जनाको कार्यसमिति रहेका छन ।
Discussion about this post