असारको चटारोमाथी भोटखोलामा राष्ट्रिय परिचयपत्र बनाउने अर्को चटारो

संखुवासभा । संखुवासभा जिल्लाको उत्तरी चीन सिमा जोडिएको शिङ्सालुङ हालको भोटखोला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र शिविर शुरु भएको छ ।

विषेशगरि लक्षित वर्गका व्यक्तिहरुको लागि उक्त शिविर संचालन गरिएको कुरा भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाल्व जनाएको छ । जेष्ठ नागरिक, शारीरिक अशक्तता भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेकाको लागि राष्ट्रिय परिचयपत्रको जैविक तथा वैयक्तिक विवरण संकलन हुने कुरा अध्यक्ष लामाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउनको लागि आवस्यक कागजातहरु सक्कल नागरिकता, विवाह दर्ता प्रमाणपत्र, ४७ साल अघि विवाह दर्ता भएको लागि वडाबाट विवाह दर्ता प्रमाणित, नाता प्रमाणित वडावाट लगायतका सक्कल कागजत सहित नजिकको केन्द्रमा उपस्थित भई राष्ट्रिय परिचय पत्र वनाउनुहुन पनि आग्रह गरेको छ ।

तालिका अनुसार भोटखोला १ र २ को लागि जेठ ३० गतेदेखि असार २ गतेसम्म लिङ्गममा हुनेछ । किमाथांकामा केही दिन अघिको वर्षा बाढिका कारण बिद्युत आपूर्ति नभएकोले वडा नम्बर १ लाई पनि लिङ्गममा राखिएको उल्लेख छ । त्यसैगरी व्द्डा नम्बर ३ को हुङ्गुङ पाङ्दोकमा असार ३ र ४ गते, हटियामा असार ५ र ६ गते,वडा नम्बर ४ र ५ को गोला केन्द्र राखी असार ८ गतेसम्म ११ गतेसम्म तालिका सार्वजनिक गरिएको छ ।

यतिबेला गाउँमा कोदो र धानको बीउ रोप्ने चटारो बढिरहेकोबेला यता प्रशासनले राष्ट्रिय परिचयपत्र बनाउने समय तोकि काम थालनी गरेपछि थप अर्को चटारो नागरिकमाथी थोपरेको छ । मानु खाई मुरि तुल्याउने समयमा राष्ट्रिय परिचयपत्र जस्तो कुराले स्थानीयमा थप समस्या सिर्जना गरेको कुरा स्थानीयले गुनासो गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)