लजेस राई
धरान प्रदेश १
धरान, २०८२ जेष्ठ २८ । धरान १५ निवासी सनम र सुष्मा याक्खालाई ७ महिनापछि नयाँ घर हस्तान्तरण गरिएको छ। २०८१ मंसिर १४ गते मध्यान्ह १२ बजे आगलागीका कारण पूर्ण रूपमा घर गुमाएका याक्खा परिवारले आज नयाँ घर पाएका हुन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्य जेट २८ गते एका कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । पीडित परिवारको पुनर्स्थापना गर्न विभिन्न सामाजिक संघ–संस्थाहरूको संयुक्त पहलमा घर निर्माण गरिएको हो। स्वतन्त्र नागरिक समाज, स्वतन्त्र दिदीबहिनी, होप धरान, सचेत धरान, र लायन्स क्लब अफ धरान ग्लोरीको सहकार्यमा निर्माण सम्पन्न गरि हस्तान्तरण भएको हो । घर बनाउन कुल रु ११ लाख ७ हजार ७५७ रुपैया खर्च भएको कुरा निर्माणपक्षले जानकारी दिइएको छ।
कार्यक्रममा बोल्दै मेयर राईले समाजका सबै पक्षले विपद् पीडितहरूलाई साथ दिनु सकारात्मक कदम भएको बताउँदै यस्तो सहकार्यले सामाजिक सद्भाव अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय तहको समन्वय र नागरिक समाजको सक्रियतामा सम्पन्न यो कार्यले सामाजिक एकता र मानवता झल्काउने उल्लेख गरिएको छ।
हस्तान्तरण कार्यक्रमको अध्यक्षता स्वातन्त्र नागरिक समाजका समीर तामाङले गर्नुभएको थियो ।
Discussion about this post