आदिवासी महासंघ धरानमा हेमराज जिमि प्यानल निर्वाचित

धरान । नेपाल आदिवासी जनजाति नगर महासंघ धरानमा हेमराज जिमि याक्खाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएका छन ।

जेष्ठ २४ गते याक्खा छुम्माको केन्द्रिय कार्यालय धरान १६ मा भएको नगर अधिवेशनले लामो समयपछि नयाँ समिति पाएका हुन । नयाँ समितिको लागि अध्यक्षमा हेमराज जिमि याक्खा समुदायबाट र मनोहरं शाक्य नेवा देय दबुबाट आकांक्षी उम्मेदवार भएपछि अन्ततः निर्वाचन नै गर्नुपरेको हो । अध्यक्ष र सहसचिव पदका लागि निर्वाचन गर्नुपरेका थिए ।

निर्वाचन हुँदा अध्यक्षमा हेमराज जिमिले एक मतले विजय भएको कुरा निर्वाचन मडलका तेन्जिङ शेर्पाले जानकारी दिए । जिमिका निकटतम प्रतिद्वन्द्वी मनोहर शाक्यले ६ मत प्राप्त गरेका थिए । त्यसैगरी सहसचिव पदमा लेखमान सुब्बाले ९ मत र नाम्जा भोटेले ७ मत प्राप्त गरि निर्वाचित भएका थिए । सहसचिवमा निकटतम प्रतिद्वन्दी पुहुपलाल उराँव ४ मत अमन माझी ५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी महिला उपाध्यक्ष विष्णु गुरुङ र सीता राई,सम्फर तामाङ,केशब भुजेल, सचीव कर्ण सुनुवार सहसचिव रिता मगर,कोषाध्यक्ष गोमछिरी शेर्पा (तिखे)निर्विरोध भएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघमा ५९ जातीय संस्था रहेका छन । पछिल्लो विधानमा अध्यक्ष १ उपाध्यक्ष २ महिला २ पुरुष,सचीव १ सहसचिव ४ जनाको व्यावस्था गरेको छ । धरानमा सूचीकरणमा रहेका ५९ जाती मध्ये १३ जातिय संस्था रहेका छन । धरानमा चुनाव भएपछि बाँकी रहेका जातिय संस्थाबाट सदस्यमा प्रतिनिधित्व हुने कुरा नव निर्वाचित अध्यक्ष हेमराज जिमि याक्खाले जानकारी दिए ।

नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानमा २०७४ सालमा सुवास हुक्पाचोङ्बाङको अध्यक्षता चुनावी प्रक्रियाबाट नै समिति चयन भएका थिए ।

अधिवेशन नेपाल आदिवासी जनजाति संघीय परिषद उपाध्यक्ष लहरु जिमि याक्खाको प्रमुख अतिथ्यमा भएका थिए ।कार्यक्रममा माओवादी केन्द्र धरान नगर अध्यक्ष उद्वब लिम्बू,जसपा ताजुप लिम्बू ,नेकपा एमाले नगर सदस्य शिबराज श्रेष्ठ लागायतको उपस्थिति रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित