लजेस राई
धरान प्रदेश १
धनकुटा, जेठ २५ । धरानका चर्चित मेयर हर्क साम्पाङको नेतृत्वमा अघि बढिरहेको अभियान ‘Harka Sampang A Revolution’ अब धनकुटामा पनि औपचारिक रूपमा विस्तार गरिएको छ। शनिबार सम्पन्न एक विशेष कार्यक्रममार्फत ७८ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो, जसको संयोजकत्व श्री जितेन्द्र माङ्गपाहाङ राईले गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि हर्क साम्पाङले भ्रष्टाचार, अनियमितता र बेथिति विरुद्ध जनस्तरबाटै आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउँदै अभियानको उद्देश्यबारे स्पष्ट पार्नुभयो।
“अब विकासको मापदण्ड ठेकेदारमुखी होइन, श्रममुखी हुनुपर्छ,” उहाँले भन्नुभयो, “स्थानीयको सक्रिय सहभागिता र श्रमसंस्कृति नै समृद्धिको आधार हो।”
अभियानको केन्द्रीय उद्देश्य भनेको भ्रष्टाचारविरुद्ध जनचेतना जगाउनु, श्रमसंस्कृति प्रवर्द्धन गर्नु, र स्थानीय स्रोत-साधनको अधिकतम उपयोगमार्फत भौतिक पूर्वाधार निर्माणमा स्थानीय सहभागिता सुनिश्चित गर्नु हो।
यसअघि यो Harka Sampang Revlution team तरहरा, चतरा, ईटहरी, भद्रपुर, दमक, र इलाम लगायतका स्थानहरूमा फैलिसकेको छ। धनकुटामा समितिको गठनसँगै अभियानले पूर्वी नेपालमा झनै गति लिने अपेक्षा गरिएको छ।
समितिका नवगठित अध्यक्षले आगामी दिनमा अभियानलाई गाउँ-गाउँसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै, “यो जनताको अभियान हो, अब हरेक गाउँले यो क्रान्तिमा आफ्नो हिस्सेदारी देख्नेछन्,” भन्नुभयो।
Discussion about this post