जेसिजको लोगो सगरमाथाको चुचुरोमा पुर्‍याउने भोटखोलाका आरोही सम्मानित (भिडियो सहित )

 

काठमाडौ । सगरमाथाको चुचुरो पुग्न सफल भएका भोटखोलाका दुईजना आरोही दिपन गुरिङ र छियाङ ज्याबुलाई जेसि कपनले सम्मान गरेको गरेको छ ।
जेसि कपनले विश्व वातावरण दिवसको अवसर पारेर आरोही द्वयलाई सम्मान गरेको हो । भोट खोला ४ स्थायी घर भै अध्ययनको सिलसिलामा ७ वर्ष काठमाडौ आएका दिपन गुरुङ जेसिजमा आवद्ध भै सगरमाथामा जेसिजको लोगो फरफराएका थिए । २४ वर्षिय गुरुङले १४ मे २०२५ मा आफ्नो संस्थाको लोगोलाई सफलताकासाथ सगरमाथाको चुचुरोमा फहराएको भन्दै जेसिज कपनले उनलाई सम्मान गरिएको हो ।

दिपन गुरुङको सगरमाथा चुचुरो सफलता तेस्रोपटक भएको बताए । यस अघि सफलमा रुपमा दोस्रोपटक आरोहण गरिसकेका दिपनले तेस्रोपटकमा जेसिजको लोगोलाई विश्वको चुचुरोमा फहराएको थिए । दिपन गुरुङले माउन्ट के टु सहित ८ हजार मिटर अग्ला हिमाल अन्नपूर्ण ल्होत्से सहित ५ वटा हिमाल सफल रुपमा आरोहण गरिसकेको बताए । गुरुङले ८ हजारमाथिको अधिकांश हिमाल नेपालमा रहेको भन्दै आफू गौरव लागेको बताए ।
त्यसैगरी भोटखोला ३ हुङगुङ पाङ्दोकका छियाङ ज्याबुले पहिलोपटकमा नै सगरमाथा आरोहण गरेको बताए । भोटखोला लिङ्गमबाट एसईई उतिर्ण गरि तीन वर्ष अघि उच्च शिक्षा हासिल गर्न आएका उनले २३ मे २०२५ मा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएको जानकारी दिए । १८ वर्ष उमेरका छियाङ ज्याबु सहित २२ जना शेर्पा र १३ जना विदेशी सहित ३५ जनाको जम्बो टोलिले विश्वको सर्वोच्च शिखर सगरमाथामा बिजय हाँसिल गरेको बताए ।

सम्मान कार्यक्रम जेसि कृष्ण सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएका थिए । जेसिजको लोगो सगरमाथाको चुचुरोमा पुर्‍याएर संस्थाको गरिमालाई थप उच्च बनाएको बताए । कपन जेसिजले आगामी दिनमा पनि यस्ता खालका प्रतिभा भएका युवाहरु प्रोत्साहन सम्मान गरिने बताए ।

विषेश अतिथि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष नवराज भट्टराईले आरोहणबाट युवालाई जेसिजले प्रेरित गरि नाम काम दाम हुने कुरालाई दिपन गुरुङ पात्रको रुपमा इङ्गित गरे । वडा अध्यक्षले कपन र भोटखोलावासिको सम्बन्ध यस अघिदेखि नै राम्रो भएको प्रसंसा गरे । युवाहरुको लगनशील अनि आर्थिक रुपमा मजबुत बन्दै गएको भन्दै बुढानिलकण्ठ नगरपालिकाको झण्डा पनि सगरमाथामा पुगेको जसका लागि पालिकाले आर्थिक सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

कपन जेसिजका अध्यक्ष छितेन लिङ्बोले युवाहरु विदेशी रहेको अवस्थामा शिखर आरोहण एउटा विकल्पको रुपमा रहेको बताए । कपन जेसिजले आगामी दिनमा प्राविधिक विषयमा आरोहण गर्नेहरुको लागि तालिम तथा प्रशिक्षण गरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित