धरानमा “थेसिस प्रस्तुतिकरण तथा अनुभव साझेदारी” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

लजेस राई
धरान प्रदेश १

धरान, जेठ १५ – प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल, महेन्द्र बहुमुखी क्याम्पस एकाइ समितिको आयोजनामा “Dissertation Dissemination and Experience Sharing” शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा डा. जीवन कुमार राई र डा. अस्मिता बिष्टले आफ्ना गहकिला अनुसन्धान तथा अनुभवहरू प्रस्तुत गरेका थिए। प्रस्तुतिकर्ताहरूले आफ्ना शोध नतिजा, अनुसन्धान पद्धति तथा अनुसन्धानको व्यवहारिक पक्षहरूमाथि विस्तृत प्रकाश पारेका थिए।

 

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकहरू, कर्मचारी, विद्यार्थीहरू तथा सरोकारवालाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले अनुसन्धानको महत्व र प्रभावकारिता बारेमा गहन छलफल गरेका थिए।

यस अवसरमा आयोजक संस्थाले सम्पूर्ण उपस्थित सर, म्याडमहरू, विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित