१५ दिनको लामो उभौली साकेला मनाउदै समापन(फोटो फिचर )

धरान । किरात राई समुदायको उभौली चाड साकेला साकेन्वा १५ दिनपछि औपचारिक रुपमा समापन भएको छ ।

किरात राई यायोक्खा सुनसरी जिल्ला समितिको आयोजनामा जेष्ठ १७ गते धरानमा समापन भएको हो । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा साकेला उद्यान धरान १७ मा भब्य रुपमा समापन भएको थियो ।

राई समुदायले उधौली भन्दा उभौलीलाई बढी मान्यता दिएर साकेला चाड मनाउने गरिन्छ । उभौलीमा चराचुरुङ्गी प्राणी हिँउदको जाडो सकेर उत्तरतर्फ लाग्ने र मानव समुदायले यहि समयमा अन्नबाली समेत छर्ने समय भएकोले पनि अन्न राम्रो होस फलोस फुलोस भनेर उभौलीलाई विषेश तामझाम सहित प्रकृति पितृको पुजा गर्ने गरिन्छ ।

यसपटकको साकेला गत बैशाख २९ गते उभौली अर्थात बुद्ध जयन्तीको दिनदेखी शुरु भएका थिए । करिब १५ दिनसम्म सुनसरी जिल्ला मात्र नभै देश विदेशमा समेत उभौली साकेला भब्य रुपमा मनाएका थिए । सुनसरी जिल्लाले हरेक वर्ष साकेला सिलि प्रतियोगिता सहित धरानमा समापन कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित