धरानमा गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न, ५१ पिन्ट रगत संकलन

धरान, जेठ १५ — गणतन्त्र दिवसको अवसरमा नेपाल व्यापार कर्मचारी संघ धरान नगर समितिले एकदिने रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम धरानको मुटु मानिने लोकतान्त्रिक चौतारीमा सम्पन्न भएको हो।

धरान नगर समिति अध्यक्ष सुरज चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रमेश राई रहेका थिए। कार्यक्रममार्फत ५१ पिन्ट रगत संकलन भएको जानकारी संघका सुनसरी जिल्ला अध्यक्ष कल्याण बिक्रम दंगालले दिएका छन्।

कार्यक्रममा धरान वितरक संघका अध्यक्ष नवीन तामाङ, युनिकम केन्द्रीय सदस्य केशब भट्टराई, युनिकम मोरङ जिल्ला सदस्य चन्द्र भूषण केशरी, युनिकम मोरङ–सुनसरी नगर विस्तार इन्चार्ज तिलक खड्का, तथा संघका पूर्व जिल्ला अध्यक्ष भरत बस्नेतलगायतको उपस्थिति रहेको थियो।

संघका उपाध्यक्ष सागर पौडेलले वि.सं. २०६४ सालमा झापा जिल्लाबाट श्रमिकका हकहितका लागि नेपाल व्यापार कर्मचारी संघको स्थापना गरिएको जानकारी दिए।

धरान नगर सचिव डिका शाहीका अनुसार संघले व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कर्मचारी र श्रमिकको हकहितका लागि काम गर्दै आएको छ। साथै, संघले इटहरीमा फूल गोदाम श्रमिक व्यवस्थापन तथा लैङ्गिक हिंसा विरुद्धका जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको उनले बताइन्। संघ देशभरका सबै जिल्लामा सक्रिय रहेको पनि सचिव शाहिको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित