धनराज राई
बराहक्षेत्र । किरात राई यायोक्खा सुनसरीको आयोजनामा उभौली साकेला २०८२ को बराहक्षेत्र नगरपालिका वडा ३ प्रारम्भिक कमिटीले समापन गरेको छ ।
यायोक्खा सुन्सरी जिल्ला समितिले जिल्ला भरीको पालिका भित्रको वडा प्रारम्भिक समितिहरुले आयोजना गर्ने साकेलाको अन्तिम समापन जेठ १७ गते धरानमा गरिने भएतापनि बराहक्षेत्र भरी को वडाहरु मध्ये बुधबार बराहक्षेत्र ३ पुरानो पशुहाट बाङ्गे बजारमा समापन गरिएको थियो ।
समापन कार्यक्रमको आयोजना किरात राई यायोक्खा बराहक्षेत्र ३,४,५ साबिक भरौल ले गरेका थिए। कार्यकको प्रमुख अतिथी किरात राई यायोक्खा जिल्ला कार्य समिति उपाध्यक्ष यलम हाङ राई,विशिष्ट अतिथी जिल्ला कोषाध्यक्ष -तेज बान्तावा रहेका थिए । अतिथीहरुमा किरात राई यायोक्खा बराहक्षेत्र नगर अध्यक्ष नरेश राई,किरात राई बान्तावा खिम नगर उपाध्यक्ष चिना राई,किरात राई नगर सद्स्य मणि प्रसाद राई ,किरात राई बराहक्षेत्र १,२ का अध्यक्ष सुबधन राई,किरात राई यायोक्खा बराहक्षेत्र ६,७,८ का अध्यक्ष मनिस चाम्लिङ राई,किरात राई यायोक्खा बराहक्षेत्र ९,१० का अध्यक्ष जंग बहादुर राई,साहित्यकार,गायक शाकेन्वा लाकछाम शिली माङपा मित्रराज राई,बिचपानी शाकेला/साकेन्वा समिति सचिब-बल राज चाम्लिङ राई,किरात राई समाज तथा भरौल प्रा क स सचिब -दहल कुमार राई लगायत ईलाका प्रहरी कार्यलय चक्रघटी ,अस्थाई प्रहरी चौकी बाङ्गे बजारका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रम को अध्यक्ष ता किरात राई यायोक्खा बराहक्षेत्र ३,४,५ साबिक भरौल का अध्यक्ष मोहन राई ले गर्नु भए को थियो भने कार्यक्रम सन्चालन प्रतीक राई ले गर्नु भए को थियो।
Discussion about this post