सुन्सरी/बराहक्षेत्र -धन राज राई
किरात राईहरु को महान चाड शाकेन्वा/शाकेला २०८२ को उभौली तथा एले सम्बत ५०८५ मनाउने क्रम देश बिदेशमा रहनुहुने किरात राईहरु ब्यस्त भई रँहदा सुन्सरी को बराहक्षेत्र न पा -३ बिचपानीमा पनि बिधिवत रुपमा हर्ष र उल्लासका साथ कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम शाकेला शाकेन्वा प्रारम्भिक कार्य समिति बराहक्षेत्र -३ बिचपानीले आयोजना गरेको थियो ।
कार्यक्रमको प्रमुख अतिथी किरात राई यायोक्खा बराहक्षेत्र नगर अध्यक्ष नरेश राई रहेको थियो भने,विशिष्ट अतिथी मा बराहक्षेत्र -३ वडा प्रमुख राजदिप लामालाई निमन्त्रणा गरीए ता पनि उहाँको अनुपस्थिती रहेको थियो । साथै अतिथीहरुमा किरात राई यायोक्खा नगर सद्स्य मणि प्रसाद राई,समाज सेवी पुर्ब ३ न वडा प्रमुख रुद्र दाहाल,किरात राई बान्तावा खिम जिल्ला सद्स्य तथा यायोक्खा नगर सद्स्य धनराज राई,समाजसेबी रामेस्वर तामाङ्ग,कि रा या बराहक्षेत्र १,२ अध्यक्ष शुभ धन राई,समाजसेवी कि रा या भरौल प्रा क स सद्स्य सुर्य चाम्लिङ राई ,जाल्पा आधारभुत प्राथमिक विद्यालयको प्र अ अनुसा वन रहेका थिए।सो कार्यक्रममा पुर्ब वडा प्रमुख रुद्र दाहालले सबै भाषि,सबै सस्कृती र सभ्यताहरुको समान रुपमा राज्यले हेर्नू पर्दछ भन्दै यी यस्ता महत्त्वपूर्ण चाड,पर्वहरुमा समाजसेवी,संघ संस्था,जन प्रतिनिधि,स्थानिय सरकारहरुको साथ सहयोग र बजेट बिनियोजन मा महत्वपुर्ण भुमिकाको आवस्यक रहने कुरो बताउनु भयो । त्यसैगरि किरात राई यायोक्खा बराहक्षेत्र नगर सद्स्य मणि प्रसाद राईले बहुजाती,बहुभाषिक ,बहुसास्कृतिक देश भएको नेपाल सबै खाले फुल फुले मात्र सुन्दर देश नेपाल देखिन्छ भन्नू भयो ।
यसै गरि शुभकामना मन्तब्य रामेश्वर तामाङ्ग,सुर्य चाम्लिङ राई,सुबधन राई लगायतले दिएका थिए। कार्यक्रमका प्रमुख अतिथी नरेश राईले नेपाल धेरै जाती ,धर्म सस्कृती सस्कार भएको देशमा तह गत सरकारले विभेद रहित समान रुपमा हेर्नू आवस्यक रहेको र ईतिहास सभ्यता ,पहिचान को आधारमा प्रदेश न १ को नाम बहुपहिचान झल्किने गरि राख्नु पर्द्छ भने। प्रदेश को नाम पुन नामङ्कन गरि बहुपहिचानको आधारमा राख्नु पर्द्छ । र कोशी मान्दैनौ ,जय किरात भनेर आफ्नो मन्तब्य टुंग्याएका थिए ।
उक्त कार्यक्रम को सभापती जित राज राईले गर्नुभएको थियो । कार्यक्रम सन्चालन सचिब बल राज चाम्लिङ राई र जमा बाम्बुले राई द्व्यले गर्नु भएको थियो।
Discussion about this post