स्थानीयद्वारा अवरुद्ध अपर अरुण दस दिनको लागि खुल्यो,सम्झौता कार्यान्वयन नभए पुनः बन्द गर्ने

संखुवासभा । संखुवासभा जिल्लाबाट बग्ने अपर अरुणको भोटखोला स्थित नामुछिमा भैरहेको २ किलोमीटर सुरुङ र २१ किलोमीटर सडक स्थानीयले अवरोधपछि बैशाख १० गतेदेखि पुनः संचालनमा आएको छ ।

नामुछी गाउँका स्थानीय आफ्ना माग राखेपछि सुरुङ खन्ने काम र सडक खन्ने काममा अवरोध गरिएको कुरा डुप्साङ थिकेपाले जानकारी दिए । विषेशगरि अपर अरुणलाई दिएको जग्गा ३० मिटर रहेकोमा थप दायाँबायाँ १५/१५ मिटर हडप्न खोजेको उनले आरोप लगाए । दिएको जग्गा भन्दा बढी हडप्न खोजेपछि स्थानीयले काम ठप्प पारेको बताए । त्यसैगरी काम गर्दा ढुंगाहरु झारेपछी बाँकी जग्गा बेकामे भएकोले पनि ती ढुंगा पन्छाउन भन्दै काममा अवरोध गरेको स्थानीयले जानकारी दिए ।

यस विषयमा हाल तीन वर्षको लागि ठेक्का पाएका कन्काई बिल्डर्सका सहायक इन्चार्ज प्रशान्त राईले तत्काल डोजर रोक्का गर्न भन्दै स्थानीयले निवेदन दिएपछि रोकिएको तर त्यसरी थप जग्गा हडप्ने काम नगरे जिकिर गरे । उनले स्थानीयले रोजगार समेत माग गरेको बताए । जस्लाई कम्पनी सम्बोधन गर्ने आश्वासन दिए । त्यसैगरी बाटो खन्ने क्रममा ढुंगा झरेको भन्ने कुरा आउँदा भिरालो भुभागमा झर्नसक्ने भन्दै त्यसलाई पनि सक्दो कम गर्न सकिने बताए । जग्गा हडपेको विषयमा भिरालो जग्गामा ३० मिटरको नापमा अन्न नलगाउन भनिएको भिरालोको ३० मिटर समतल बनाउदा नपुग्ने बताए । त्यसैगरी स्थानीयको अर्को माग सडकको दायाँबायाँ टुक्रा जग्गा समेत परियोजनाले लिइदिनुपर्ने गरेको राईले बताए ।

स्थानीयले काम अवरुद्ध गरेपछि बैशाख ९ गते त्रीपक्षिय बैठक बोलाएका थिए । स्थानीयको माग सहितको लागि भन्दै स्थानीय बुद्धिजीवी लादर नुप्पा,अपर अरुणका समाज शास्त्री थुनाङ ल्होमी,कन्काई बिल्डर्सका प्रोजेक्ट मेनेजर सोनम लामा छलफलको तयारीमा भेटिएका थिए ।

अपर अरुणको तर्फबाट सामुहिक हस्ताक्षर सहितको निवेदन माग गर्दै जस्लाई परियोजना केन्द्रिय कार्यालयमा बढाउने आश्वासन दिए । ३० मिटर भन्दा बढी नजाने काम गर्ने क्रममा ढुंगा झर्नसक्छ त्यो कुरा स्थानीयलाई चित्त बुझाएर नै गर्ने समाजशात्री थुनाङ ल्होमीले बताए ।
प्रोजेक्ट मेनेजर लामाले टुक्रे जग्गाको विषयमा प्रक्रिया लामो भए पनि त्यो अप्पर अरुणको सरोकारक्क विषय भएको बताए । अप्पर अरुणको लागि सामुहिक हस्ताक्षर सहितको पत्र लिन निर्देशन भएपछि त्यही अनुसारको प्रक्रिया अगाडि बढाउने बताए ।

 

शुक्रवार भएको बैठकमा स्थानीयले माग गरेको कुरा १० दिनभित्र सम्बोधन तथा कार्यान्वयन हुनुपर्ने सहमति भएको कुरा स्थानीय बुद्धिजीवी राम खुम्बुवाले जानकारी दिए । सहमति अनुसार कार्यान्वयन नभए पुनः काम अवरुद्ध गर्ने स्थानीयले अग्रिम जानकारी दिएको बताए ।
अपर अरुणले अलैंची वारि रहेको जग्गा ९.५ लाख र अलैंची नभएको जग्गामा ७ लाख रुपैयाको दरले मुअब्जा वितरण गरि परियोजना संचालन गरिरहेको छ ।
रुकबाट दक्षिणतर्फ सुरुङ खन्ने काम भैरहेको छ भने नामुछिबाट उत्तरतर्फ २१ किलोमिटर सडक सहित २ किलोमीटर सुरुङ खन्ने काम शुरु भएको छ । अपर अरुण सम्पन्न हुँदा हजार मेघावाट क्षमताको बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित