लजेस राई
Dharapanionline media
“Harkasampang A Revolution Team: स्थानीय आवाजबाट राष्ट्रिय जागरणतर्फको यात्रा”
पृष्ठभूमि:
नेपालको समकालीन राजनीतिक र सामाजिक परिवेशमा आम नागरिकहरू भ्रष्टाचार, कुशासन, बेरोजगारी, र सामाजिक बेथितिले पीडित छन्। यस्ता समस्याहरूको विरुद्ध प्रभावकारी रूपमा आवाज उठाउने नेतृत्वको अभाव महसुस भइरहेका बेला, धरानका मेयर हर्क साम्पाङको सक्रिय नेतृत्वमा गठित “Harka sampang A Revolution Team” ले देशव्यापी जनजागरणको लहर ल्याउन थालेको छ।
हालसम्म यो अभियान चतरा, तरहरा, भद्रपुर, र ईलाम सम्म सफलतापूर्वक विस्तार भइसकेको छ भने बाँकी शहरहरूमा तीव्र गतिमा सञ्जाल विस्तार भैरहेको छ। श्रमको सम्मान, पारदर्शिता, स्वदेशी उत्पादन, र कार्यकारी नेतृत्वको माग गर्दै यो अभियानले नयाँ राजनीतिक संस्कृतिको सुरुवात गरेको छ।
उद्देश्यहरू:
1. भ्रष्टाचार र बेथितिको विरुद्ध जनताको सामूहिक आवाज उठाउनु।
सार्वजनिक निकायमा पारदर्शिता र जवाफदेहिता स्थापना
बेथिति र दण्डहीनताको अन्त्यको लागि जनसङ्घर्ष
2. श्रम अभियानलाई देशव्यापी बनाउनु।
श्रमलाई सम्माननीय बनाउँदै स्वावलम्बनको संस्कार विकास
युवा वर्गलाई उद्यमशीलताको दिशातर्फ प्रेरित गर्नु
3. कृषि र उत्पादन क्षेत्रमा जोड दिँदै स्वदेशमै रोजगार सिर्जना गर्नु।
आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फको रूपान्तरण
स्थानीय स्रोत–साधनको उपयोग गरी समृद्धिकाे बाटो खोल्नु
4. देशमा कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बहसलाई अगाडि बढाउनु।
निर्णय क्षमतायुक्त, जवाफदेही नेतृत्वको खाँचो औंल्याउने
विद्यमान शासन संरचनाको पुनरावलोकन र विकल्पको खोज
निष्कर्ष:
“Harkasampang A Revolution Team” केवल एक स्थानीय पहल होइन, यो एउटा राष्ट्रिय चेतनाको बीउ हो जसले परिवर्तनको दिशा तय गर्न थालेको छ। चतरा, तरहरा, भद्रपुर, झापा हुँदै देशभर फैलिंदै गएको यो अभियानले नागरिकहरूमा भरोसा, सक्रियता र प्रतिवद्धता जगाइरहेको छ। भ्रष्टाचारविरुद्धको लडाइँ, श्रम र उत्पादनमा आधारित विकास मोडल, र कार्यकारी नेतृत्वको मागले यस अभियानलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने दिशामा लैजाँदैछ। जनताको साथ र समर्थन पाउने हो भने, यस अभियानले नेपालमा सुशासन, समृद्धि र स्वाभिमानी शासनको नयाँ युगको सुरुवात गर्न सक्छ।
(लेखक लजेस राई
Dharapanionline media का संचालक सम्पादक हुन । )
Discussion about this post