जलविद्युत परियोजनाबाट प्रभावित अध्ययन अनुगमन संघर्ष समिति गठन, अप्पर छुजुङ परियोजना तत्काल अगाडि नबढाउन चेतावनी

संखुवासभा (शिङ्सालुङ) । संखुवासभा जिल्ला चीन सिमा जोडिएको शिङ्सालुङ्ब हालको भोटखोला २ च्याम्ताङ (दम्दाङ),रिदाक,छुमसुर,थुदाम लगायत स्थानमा निर्माणाधीन विभिन्न परियोजनाबाट प्रभावित अध्ययन अनुगमन तथा संघर्ष समिति गठन भएको छ ।

बैशाख २९ गते च्याम्ताङ गाउँमा CYC को बैठक सके लगत्तै ज्यम्याङ भोटेको संयोजकत्वमा दस सदस्यीय तदर्थ समिति गठन गरेको छ । दस सदस्यीय समितिले आगामी दिनमा च्याम्ताङ सहितको गाउँमा रहेका विभिन्न संघसंस्थाबाट कम्तिमा एकजना प्रतिनिधि रहनेगरी समिति विस्तार गर्ने निर्णय गरेको छ ।

समितिमा साङ्पिङ,कामायाङ्जी,सनल्हावाङ,रिन्जे ल्हेन्डुक,लाप्साङ,युट्टे,मिक्मयाङ्जिक,साङाक,किन्साङ रहेका छन । उक्त भेलाले ह्वाईट फ्लावर इनर्जी कम्पनीले अप्पर छुजुङमा ५०.५ मेघावाट बिजुली उत्पादन गर्ने भएको छ । केही दिन अगाडि मात्र उक्त कम्पनीको कर्मचारी स्थलगत रुपमा गएको सुन्नमा आएपनी भर्खरै गठित छुलुङम सामुदायिक वनका २३ जना कार्यसमितिमा औपचारिक छलफल नगरी प्रवेश गर्न दिएको भन्दै समितिको सदस्य र स्थानीयले आपत्ति जनाएको छ । हेर्न मात्र गएको भनिए पनि उक्त कम्पनीले बैशाख २१ गते सात दिने म्यादको सूचना समेत टास गरिएको प्रती घोर विरोध र आपत्ती जनाएको छ ।

ह्वाईट फ्लावर इनर्जी कम्पनिले प्रकाशन गरेको ७ दिने सूचना

कम्पनीले स्थलगत रुपमा पुगेर छुलुङमा सामुदायिक वन र स्थानीयलाई जानकारी तथा प्रतिवेदन नबुझाई थाहै नदिइ सूचना टास गरेको प्रती बिरोध अनि आपत्ती जनाएको छ । संघर्ष समितिले ह्वाईट फ्लावर इनर्जी कम्पनीलाई आगामी दिनमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । हाल सांग्रीला उर्जा कम्पनीको छुजुङ खोलामा ६३ मेघावाट बिद्युत उत्पादन गर्ने भएपछि स्थानीय स्तरमा विवाद चर्किएको छ । यस विषयमा व्हाईट फ्लावर इनर्जिको उपलब्ध नम्बर ९८११६८३८९ मा सम्पर्क गर्दा मोबाइल उठेन ।

किमाथांका अरुण जलविद्युत परियोजनाले छुमसुर हुँदै च्याम्ताङ गाउँमुनि चट्टानमा सुरुङ खनेर लाने भएपछि त्यस विषयमा क्षतिपूर्ति,मुअब्जा,सट्टाभर्ना लगायतका विषयमा केकस्ता प्रावधान रहेको छ सो कुरा अध्ययन गरिने भएको छ । किमाथांका अरुणले छुमसुर र जोङ्गच्येनमा मुअब्जा उपलब्ध गराएको छ । तर च्याम्ताङ गाउँमुनिबाट सुरुङ खनेर लाने भए पनि सरोकारवालासंग कुनै छलफल नगरेको स्थानीयको गुनासो आक्रोश छ ।

परियोजनाले च्याम्ताङ गाउँमुनि सुरुङ खनेर लाने भएपछि कालान्तरमा सुरुङ विष्फोट हुनसक्ने त्रास रहेको छ । त्यसैगरी सुरुङका कारण जमिनमाथी अन्न उत्पादनमा ह्रास आउने अन्य स्थानमा भएको परियोजनाले देखाएको जनाएको छ । सुरुङ खनेका कारण नै हाल याङयुङम खोलाको पानी सतहबाट सुकेर गएको स्थानीयले जनाएको छ । एबम रुपले परियोजनाले सतहका पानी सुक्ने,अन्न उत्पादनमा ह्रास आउने सुरुङ फुट्ने त्रास स्थानीयमा बढेको छ ।

विभिन्न कम्पनी ब्यापारीले नेपालका कानुन,अन्तरास्ट्रिय महासन्धि आई एल ओ १६९ अनुसार पुर्व सुसूचित नगराई सिमित ब्यक्ति हातमा लिएर परियोजना अगाडि बढाउने हुँदा विवाद हुनेगरेको छ । यस अघि किमाथांकादेखि खाँदवारी राजमार्ग गाउँ नछोइ गाउँलेसंग छलफल नगरी लाने हुँदा विवाद भएको थियो । स्थानीयले विरोध गरेपछि हाल सबै गाउँ छोएर राजमार्ग खोलेपछि खाँदवारी किमाथांका ट्र्याक जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित