लजेस राई
सुनसरी प्रदेश १
साँगुरीगढी गाउँपालिका वडा नं. १ अन्तर्गत सुम्निमा चौक-सिम्ले-तम्फुवा सडकको स्तरउन्नति कार्यको स्थलगत अनुगमन गरिएको छ। अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मूना राई, योजना अधिकृत द्रोर्ण राई, इन्जिनियर दिपक राई लगायत अन्य प्राविधिक तथा कर्मचारीको सहभागिता रहेको थियो।
सडक निर्माणको प्रगति, गुणस्तर तथा स्थानिय समस्या–समाधानको अवस्था बुझ्न गरिएकाे यस निरीक्षणका क्रममा अध्यक्ष राईले विकास निर्माण कार्यमा पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नगरिने बताएका थिए। उपाध्यक्ष राईले स्थानियस्तरमै अनुगमन बलियो बनाएर जनताको विश्वास जित्ने उद्देश्य रहेको बताइन्।
साँगुरीगढी गाउँपालिकाको सचिवालयले उक्त निरीक्षण कार्यक्रमलाई जानकारी दिँदै निर्माण कार्य शीघ्र र गुणस्तरीयरूपमा सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेको छ।
Discussion about this post