लजेस राई
सुनसरी प्रदेश १
साँगुरीगढी गाउँपालिका, धनकुटा — आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भइरहेको कोलवोटे–धारापानी–गोलखाडी सडक स्तरोन्नति योजना अन्तर्गतको कार्य प्रगतिबारे स्थलगत अनुगमन सम्पन्न भएको छ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मूना राई, वडा नं ६ का वडाध्यक्ष यमप्रकाश मगर, योजना अधिकृत द्रोण राई, इन्जिनियर दीपक राईलगायत गाउँपालिकाका अन्य प्रतिनिधिहरू सहभागी थिए।
सडक बोर्ड र साँगुरीगढी गाउँपालिकाको संयुक्त लगानीमा सडक स्तरोन्नतिको कार्य तीव्र रूपमा अगाडि बढिरहेको गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ। स्थलगत निरीक्षणका क्रममा योजना कार्यान्वयनको अवस्था, प्राविधिक गुणस्तर तथा निर्माणको समयसीमाका विषयमा समेत छलफल गरिएको थियो।
Discussion about this post